२०८३ साउन २१ गते बिहीबार

वैशाखदेखि हालसम्म देशशभर ३ हजार ६८१ विपदका घटना, २४३ जनाको ज्यान गयो

वैशाखदेखि हालसम्म देशशभर ३ हजार ६८१ विपदका घटना, २४३ जनाको ज्यान गयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ४ गते शनिबार १०:२९

पाँच महिनाको अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका प्राधिकरणले जनाएको छ ।
एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने १७७ जना घाइते भएका छन् ।

पोखरा ।

विपदमा परेर वैशाखदेखि हालसम्म २४३ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

त्यस्तै ८६९ जना घाइते भएका छन् भने २४ जना अझै बेपत्ता छन् ।

प्राधिकरणका अनुसार देशभर तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट ६ हजार ५९० घर परिवार प्रभावित भएका छन् ।

पाँच महिनाको अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका प्राधिकरणले जनाएको छ ।

एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने १७७ जना घाइते भएका छन् ।

आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् ।

बाढीका २६३ घटना हुँदा २९ को मुत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

यस्तै ४६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन् ।

यसैगरी भारी वर्षाका मात्रै ३४० घटना यसबीचमा भएका छन् । त्यसमा परेर ६ जनाको ज्यान जाँदा १४ घाइते भएका छन् भने ८११ परिवार प्रभावित भएका छन् ।

यो अवधिमा २९० वटा चट्याङका घटना दर्ता भएका छन् ।

चट्याङमा परेर ३८ जनाको ज्यान गएको छ भने २१२ जना घाइते भएका छन् । यस्तै, ३५१ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार, वन डढेलोका १८५ घटनामा परेर दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् ।

विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति २०८२ असोज ४ गते शनिबार १०:२९
हजुरको प्रतिक्रिया