२०८३ असोज २५ गते आइतबार

प्रधानमन्त्री कार्कीद्वारा ५ मन्त्रीहरूको नाम सिफारिस, नियुक्ति र शपथ आज

प्रधानमन्त्री कार्कीद्वारा ५ मन्त्रीहरूको नाम सिफारिस, नियुक्ति र शपथ आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ६ गते सोमबार ०९:०३

उनले आफ्नो समूहमा गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।

उनले आफ्नो समूहमा गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।

सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ आज हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानमन्त्री कार्यालयबाट मन्त्रीहरूको सिफारिस हिजो राति आइपुगेको पुष्टि गर्दै आज शपथ हुने जानकारी दिएका छन् ।

प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्रीमा सिफारिस गरेकी छन् ।

सिफारिस अनुसार सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रधानमन्त्री कार्कीले अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी छन् ।

यस्तै पत्रकार खरेलललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरिएको छ ।

डा. परियारलाई कृषि विकास तथा पशुपंंछि मन्त्रालयको जिम्मेवारी दिन मन्त्रीमा सिफारिस गरिएको छ । उनी कृषि विज्ञ हुन् ।

वैज्ञानिक पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस गरिएको छ । उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् ।

प्रकाशित मिति २०८२ असोज ६ गते सोमबार ०९:०३
हजुरको प्रतिक्रिया