२०८३ साउन २१ गते बिहीबार

राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार-२०८२ प्रा.घनश्याम कँडेललाई

राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार-२०८२ प्रा.घनश्याम कँडेललाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ८ गते बुधबार ०९:४६

धादिङको रिचाकोटार जन्मिभएका कवि कँडेलले छन्दोवद्ध कविता, काव्य तथा महाकाव्यका माध्यमबाट नेपाली साहित्यमा योगदान पु¥याएका छन् ।
उनका कविता, काव्यमा प्रकृति, संस्कृति, प्रगति, राष्ट्रियता, मानवता, प्रेम र करुणभाव प्रवाहित भएको पाईन्छ ।

काठमाडौं ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार—२०८२ बाट विशिष्ट कवि प्रा. घनश्याम कँडेललाई सम्मान गरिएको छ ।

मस्र्याङदी वाङ्मय प्रतिष्ठानले मंगलबार राष्ट्रकवि स्व.घिमिरेको घरमा आयोजना गरेको पुरस्कार समर्पण समारोहमा उनलाई सो सम्मान गरिएको हो ।

समारोहका प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठी र राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरेले संयुक्त रुपमा विशिष्ट कवि कँडेललाई पुरस्कार प्रदान गरेका थिए ।

उक्त पुरस्कार नगद एक लाख रुपैयाँ राशीको रहेको छ ।

धादिङको रिचाकोटार जन्मिभएका कवि कँडेलले छन्दोवद्ध कविता, काव्य तथा महाकाव्यका माध्यमबाट नेपाली साहित्यमा योगदान पु¥याएका छन् ।

उनका कविता, काव्यमा प्रकृति, संस्कृति, प्रगति, राष्ट्रियता, मानवता, प्रेम र करुणभाव प्रवाहित भएको पाईन्छ ।

प्रतिष्ठानले कवि कँडेलको नेपाली छन्द कविता साधनाको सम्मान गर्दै यसवर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कारले सम्मान गरेको जनाएको छ ।

राष्ट्रकवि घिमिरेका परिवारका सदस्य राजिव घिमिरेले पुरस्कार विगतमा राष्ट्रपति भवन शितल निवासमा वितरण गर्ने गरिएको स्मरण गर्दै यसवर्ष विशेष परिस्थितिका कारण घरमा नै आर्यक्रम गरिएको जानकारी दिए ।

प्रकाशित मिति २०८२ असोज ८ गते बुधबार ०९:४६
हजुरको प्रतिक्रिया