२०८३ असोज २३ गते शुक्रबार

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारत र इरानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारत र इरानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २२ गते बुधबार ०९:१७

एन्फाका अनुसार फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले सिलोङमा कात्तिक ७ गते इरानसँग र सिलोङमै घरेलु टोली भारतसँग कात्तिक १० गते खेल्नेछ । 

पोखरा ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरानसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

यसअघि नेपाली महिला टोलीले भारतसँग मात्रै खेल्ने तय भए पनि इरानसँग पनि खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

एन्फाका अनुसार फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले सिलोङमा कात्तिक ७ गते इरानसँग र सिलोङमै घरेलु टोली भारतसँग कात्तिक १० गते खेल्नेछ ।

यसअघि नेपाल र भारतबीचको खेल कात्तिक ९ गते सिक्किममा हुने तय भएको थियो । नेपाली महिला फुटबल टोलीको प्रशिक्षक नवीन न्यौपाने नियुक्त भएका छन् ।

न्यौपानेले मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक टोलीको नाम सार्वजनिक गरिसकेका छन् ।

एएफसी एशियन कप छनोटका क्रममा नयाँ प्रशिक्षक नियुक्त भएका फिफा प्रो लाइसेन्स प्राप्त बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्डले प्रतियोगितालगत्तै जिम्मेवारी छाडेपछि महिला फुटबल टोली प्रशिक्षकविहीन बनेको थियो ।

नेपाली महिला टोलीले एशियन कप छनोटयता कुनै पनि खेल खेलेको छैन । फिफा वरीयतामा नेपाल ८९औं, भारत ६३औं र इरान ७०औं स्थानमा छन् ।

प्रकाशित मिति २०८२ असोज २२ गते बुधबार ०९:१७
हजुरको प्रतिक्रिया