२०८३ असोज २५ गते आइतबार

असोज १७ गतेपछिको मनसुनी विपद्मा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो

असोज १७ गतेपछिको मनसुनी विपद्मा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २३ गते बिहीबार ०९:०९

पहिरोबाट इलाममा मात्रै ३८ जनाको मृत्यु भएको छ । यस्तै, पाँचथरमा एक र काभ्रेमा एक जनाले पहिरोबाट ज्यान गुमाएका छन् ।
यस्तै बाढीबाट मृत्यु हुने ११ जनामध्ये उदयपुरमा दुई, धनुषामा दुई, तथा इलामा, पाँचथर, खोटाङ भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एकरएक जनाा रहेका प्राधिकरणले जनाएको छ ।

पोखरा ।

यही असोज १७ गतेपछिको मनसुनी विपद्मा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परेर ४० जना, बाढीबाट ११ जना र चट्याङबाट दुई जनाको मृत्यु भएको छ ।

पहिरोबाट इलाममा मात्रै ३८ जनाको मृत्यु भएको छ । यस्तै, पाँचथरमा एक र काभ्रेमा एक जनाले पहिरोबाट ज्यान गुमाएका छन् ।

यस्तै बाढीबाट मृत्यु हुने ११ जनामध्ये उदयपुरमा दुई, धनुषामा दुई, तथा इलामा, पाँचथर, खोटाङ भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एकरएक जनाा रहेका प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवामा चार र इलाममा एक गरी पाँच जना बेपत्ता भएका छन् ।

यस्तै, मनसुनी विपद्मा परेर सो तीन दिनको अन्तरालमा ४७ जना घाइते भएका छन् ।

घाइतेमध्ये पहिरोमा परेर ३३ र चट्याङबाट १४ जना रहेका प्राधिकरणले आज सार्वजनिक गरेको अध्यावधिक मनसुनी घटना विवरणमा उल्लेख छ ।

यसका साथै प्राधिकरणले अस्थायी आवास, पुनःस्थापन र राहत प्रक्रियाकाबारेमा छलफल सुरु भइसकेको जानकारी दिएको छ ।

उक्त मनसुनी विपद्मा ५० जिल्ला प्रभावित भएको थिए ।

प्रकाशित मिति २०८२ असोज २३ गते बिहीबार ०९:०९
हजुरको प्रतिक्रिया