पोखरा ।
पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा टेक एज युथ परियोजना सुरु भएको छ । रिड नेपालको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्झौता बमोजिम परियोजना सुरु भएको हो ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी, वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, दीपशिखा सामुदायिक पुस्तकालयका सल्लाहकार बाबुराम गिरी, रिड नेपालका व्यपस्थापन समिति सचिव एंव मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्मा, रिड नेपाल तथा सामुदायिक पुस्तकालयका यादव भट्टराइ लगायतबाट प्रशिक्षार्थीहरुलाई परियोजनाको लोगो अङ्कित टिसर्ट हस्तान्तरण गरी परियोजना सुरु गरिएको हो ।

सम्झौता अनुसार परियोजना बाट लक्षित समुदायका विभिन्न ४ विद्यालयबाट पिछडिएका, प्रविधिको पहुच नपुगेका १३ देखि २२ वर्षसम्मका, अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किशोरकिशोरी र फरक क्षमता भएका व्यक्तिहरु समेटिने गरी प्रत्यक्ष रुपमा ५५ जना लाभान्वित हुने भएका छन् ।
आठ लाख रुपैयाँको कार्यक्रममा परियोजना र पुस्तकालयले आधा आधा चार\चार लाख रुपैयाँ खर्च गर्नेछन् ।

परियोजनको सुरुवात कार्यक्रममा कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य समेत रहेकी पुस्तकालय उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेकी थिइन् । सचिव पदमप्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवम् पुस्तकालय कोषाध्यक्ष माधव भण्डारीले पुस्तकालयका गतिविधिवारे प्रकाश पारेका थिए ।
प्रकाशित मिति २०८२ असोज २४ गते शुक्रबार ०३:००




