२०८३ असोज २३ गते शुक्रबार

टी–२० विश्वकप छनोटको सुपर सिक्समा युएईमाथि नेपालको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटको सुपर सिक्समा युएईमाथि नेपालको रोमाञ्चक जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २६ गते आइतबार ०७:५८

जितसँगै नेपालले सुपर–६ मा ४ अंक जोडेको छ ।

पोखरा ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए । सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि

रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन । यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिए । यो जितसँगै नेपालले सुपर–६ मा ४ अंक जोडेको छ ।

प्रकाशित मिति २०८२ असोज २६ गते आइतबार ०७:५८
हजुरको प्रतिक्रिया