२०८३ असोज २५ गते आइतबार

नेविसंघले भन्यो – ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउ

नेविसंघले भन्यो – ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २७ गते सोमबार ०४:०६

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। सोमवार काठमाडौंमा...

काठमाडौं ।

नेपाली कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले पनि लिनुपर्ने भएकाले उनीहरूमाथि अनुसन्धान गरी दोषी देखिएर कारबाही गर्न सरकारसँग माग गरेका हुन्।

उनले जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै धेरै मानवीय क्षति भएकाले आफूहरूले सोही दिन नै तत्कालीन प्रधानमन्त्री ओली र  गृहमन्त्री लेखकको राजीनामा मागेको पनि स्पष्ट पार्नु भयो। सभापति शेर्पाले सो आन्दोलनको नेतृत्वकर्ताका रुपमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह देखिएको उल्लेख गर्दै सिंहदरबार जलाउने लगायतका घटनाका विषयमा उनीमाथि पनि अनुसन्धानको काम तत्काल अघि बढाउन सरकारसँग माग गरे।

नेविसंघले पत्रकार सम्मेलनमा असोज २८ गतेबाट जेनजी आन्दोलनमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रने चेतावनी समेत दिएको छ।

 

प्रकाशित मिति २०८२ असोज २७ गते सोमबार ०४:०६
हजुरको प्रतिक्रिया