२०८३ साउन २१ गते बिहीबार

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २८ गते मंगलबार ०५:३८

टी–२० वरीयतामा भारत शीर्ष, अस्ट्रेलिया दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा यथावत् छन् ।

काठमाण्डाै

आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १७औं स्थानमा पुगेको हो ।

गएको महिना नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलेको थियो । ३ खेलको शृङ्खला नेपालले २–१ ले जितेको थियो ।

टी–२० वरीयतामा भारत शीर्ष, अस्ट्रेलिया दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा यथावत् छन् ।

अहिले नेपाली टोलीले ओमानमा आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोट खेलिरहेको छ ।

प्रकाशित मिति २०८२ असोज २८ गते मंगलबार ०५:३८
हजुरको प्रतिक्रिया