२०८३ असोज २५ गते आइतबार

काँग्रेसले भन्योः निर्वाचनको तयारी शुरु गर्छौं

काँग्रेसले भन्योः निर्वाचनको तयारी शुरु गर्छौं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २९ गते बुधबार ११:४२

सर्वोच्च अदालतमा संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरु चाल्ने उनले बताए ।

काठमाडौं ।

नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली काँग्रेस निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुधबार उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचनमा जानबाट काँग्रेस पछि नहट्ने बताए । लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने उनले बताए ।

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उनले वर्तमान सरकार र संसद विघटन असंवैधानिक रहेको जिकिर गरे ।

सर्वोच्च अदालतमा संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरु चाल्ने उनले बताए ।

उनले भने, ‘अहिलेको परिस्थितिमा सभामुखको दायित्व र आगामी कदम कसरी अघि बढाउने भन्नेबोमा सुझाव लिनुभयो । आफ्ना दलका धारणा राख्ने अवसर दिनुभयो । वर्तमान सरकार र संसद विघटन असंवैधानिक कदम भनेका छौँ । दशैँअघि नै पार्टीको कार्य सम्पादन समितिको बैठकबाट यो असंवैधानिक कदम भएको भनिसकेका छौँ । लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट पछि हट्दैनौँ । सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्छौं । हामी निर्वाचनमा जानबाट पछि हट्दैनौँ । हामी निर्वाचनमा जान तयार छौँ । निर्वाचनको तयारीमा पार्टी लाग्छ ।’

उनका अनुसार केन्द्रिय समितिको बैठक जारी रहेकाले बैठकले थप निर्णय गर्नेछ ।

प्रकाशित मिति २०८२ असोज २९ गते बुधबार ११:४२
हजुरको प्रतिक्रिया