२०८३ असोज २३ गते शुक्रबार

इरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा

इरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २ गते शनिबार ०९:५५

नेपालले आउँदो ७ कात्तिकमा इरानसँग तथा १० कात्तीकमा भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ ।
यसअघि भारतसँग मात्र खेल्ने तय भएपनि इरानसँग पनि खेल्ने भएको हो । दुवै खेल भारतको शिलोङमा हुनेछ ।

पोखरा ।

इरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार राति नेपालको अन्तिम टोली घोषणा गरेको हो ।

नेपालले आउँदो ७ कात्तिकमा इरानसँग तथा १० कात्तीकमा भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ ।

यसअघि भारतसँग मात्र खेल्ने तय भएपनि इरानसँग पनि खेल्ने भएको हो । दुवै खेल भारतको शिलोङमा हुनेछ ।

टोलीको कप्तान सावित्रा भण्डारी छन् । टोलीमा सजनी थोकर, हिराकुमारी भुजेल र दीपा शाहीले पुनरागमन गर्दा पूर्णिमा राई र मीना देउवा पहिलोपटक परेका छन् ।

भुजेल र शाही गतवर्ष साफ महिला च्याम्पियनसिपका दौरान घाइते भएका थिए ।

पछिल्लोपटक एसियन कप छनोट खेलेको टोलीबाट बिमला चौधरी, अनिता केसी र चन्द्रा भण्डारी बाहिरिएका हुन् भने गिता राना काँधको शल्यक्रियापछि रिकभर हुँदैछन् ।

फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् । नेपाली महिला फुटबल टोलीको नयाँ प्रशिक्षकमा नवीन न्यौपाने छन् ।

नेपालले एएफसी एसियन कप छनोट खेलेयता पहिलोपटक खेल्न लागेको हो ।

नेपालको टोलीमा साबित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी छन् ।

त्यस्तै टोलीमा पूजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, उषा नाथ छन् ।

प्रकाशित मिति २०८२ कात्तिक २ गते शनिबार ०९:५५
हजुरको प्रतिक्रिया