२०८३ कात्तिक १० गते सोमबार

पोखरामा कर्तव्यज्यान मुद्दामा एक युवक पक्राउ

पोखरामा कर्तव्यज्यान मुद्दामा एक युवक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक ९ गते शनिबार ०१:०३

  पोखरा । पोखरामा कर्तव्यज्यान सम्बन्धी घटनामा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। कार्तिक ८ गते बिहान करिब ३ः०५ बजे पोखरा महानगरपालिका–५ चिल्ड्रेन पार्क नजिकै ४५ वर्षीय अनिल पराजुली अचेत अवस्थामा फेला परेका थिए। प्रहरी...

 

पोखरा ।

पोखरामा कर्तव्यज्यान सम्बन्धी घटनामा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

कार्तिक ८ गते बिहान करिब ३ः०५ बजे पोखरा महानगरपालिका–५ चिल्ड्रेन पार्क नजिकै ४५ वर्षीय अनिल पराजुली अचेत अवस्थामा फेला परेका थिए। प्रहरी टोलीले उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पु¥याएपछि चिकित्सकले बिहान ३ः४० बजे मृत घोषणा गरेका थिए।

घटनाको अनुसन्धानका क्रममा पराजुली र पोखरा–१८ सराङकोट घर भई मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनाबीच सामान्य वादविवाद भएको र सोही क्रममा तिमिल्सिनाले चक्कु प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा प्रयोग गरिएको १ थान चक्कुसहित तिमिल्सिनालाई पक्राउ गरी कर्तव्यज्यान मुद्दामा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति २०८२ कात्तिक ९ गते शनिबार ०१:०३

हजुरको प्रतिक्रिया