२०८३ असोज २३ गते शुक्रबार

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपालले भारतलाई २ गोलले हरायो

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपालले भारतलाई २ गोलले हरायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १२ गते मंगलबार ०९:०३

सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई पहिलो अग्रता दिलाइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

पोखरा ।

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले घरेलु टोली भारतमाथि जित हासिल गरेको छ ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा हिजो भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को दुई गोलमार्फत नेपालले भारतलाई २–१ ले पराजित गरेको हो ।

सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई पहिलो अग्रता दिलाइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

त्यसपछि खेलको ६३औँ मिनेटमा सावित्राले नेपालको लागि दोस्रो गोल गरिन् । तर ८१औँ मिनेटमा करिश्मा सिरभोकरले भारतको लागि एक गोल गरिन् ।

त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत नेपालको जित भयो । भारत विरुद्धको नेपालको यो चौथो जित हो ।

यस जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उप–विजेता बनेको छ ।

नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो ।

पहिलो खेलमा इरानसँग २–० ले पराजित भएको भारतले भने कुनै पनि अंक जोड्न सकेन ।

प्रकाशित मिति २०८२ कात्तिक १२ गते मंगलबार ०९:०३
हजुरको प्रतिक्रिया