२०८३ असोज २३ गते शुक्रबार

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १४ गते बिहीबार ०९:४२

नेपाल र यूएईले हालसम्म एक अर्काविरूद्ध ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेकोमा नेपालले ४ र यूएईले ५ खेल जितेको छ ।
नेपाल हाल लिग–२ को अंक तालिकामा सातौं स्थानमा छ । १७ खेलमा ५ जित र १० हार व्यहोरेको नेपालको १२ अंक छ ।

पोखरा ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ ।

जारी त्रिकोणात्मक सिरिजमा दुबै एसियाली टोलीले अमेरिकासँग हार बेहोरिसकेका छन् ।

नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले लज्जास्पद हार बेहोरेको थियो ।

यूएई पनि अमेरिकासँग ४ विकेटको हारपछि यस खेलका लागि प्रतिस्पर्धामा उत्रिन लागेको हो ।

नेपाल र यूएईले हालसम्म एक अर्काविरूद्ध ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेकोमा नेपालले ४ र यूएईले ५ खेल जितेको छ ।

नेपाल हाल लिग–२ को अंक तालिकामा सातौं स्थानमा छ । १७ खेलमा ५ जित र १० हार व्यहोरेको नेपालको १२ अंक छ ।

समान खेलमा मात्र ३ जित हात पारेको यूएई ६ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति २०८२ कात्तिक १४ गते बिहीबार ०९:४२
हजुरको प्रतिक्रिया