पोखरा ।
काभा यु–१९ महिला च्याम्पियनसिपअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ ।
श्रीलंकामा आजदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो ।
पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट १४–२५ ले किर्गिस्तानलाई सुम्पिएको थियो ।
तेस्रो सेटमा पुनः नेपालले २५–१८ ले जित निकालेको नेपालले चौथो र पाँचौं सेटमा पराजित हुँदा खेल किर्गिस्तानलाई सुम्पिनुप¥यो ।
किर्गिस्तानले चौथो सेट २५–२२ र पाँचौं सेट १५–९ ले जित निकाल्न सफल भयो ।
च्याम्पियनसिपमा नेपाल र किर्गिस्तानसहित ४ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ ।
कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति २०८२ कात्तिक १९ गते मंगलबार ०८:३७