पोखरा ।
हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।
आज भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको हो ।
अफगानिस्तानले दिएको १ यस १३ रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउदै ९५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर सन्दीप जोराले ५३ रन बनाएका थिए भने रशिद खानले ११ रन बनाए भने आदील आलम पनि ११ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको थियो । अफगानिस्तानका फरमुल्ला र इजाज अहमद अहमदजाइले समान १ विकेट लिए ।
यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिक लिएका थिए । रशिदले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन् ।
रशिदले यस खेलमा कुल ४ विकेट लिएका थिए । त्यस्तै लोकेश बमले एक विकेट लिएका थिए ।
यस खेलमा अफगानिस्तानका करिम जन्नतले सर्बाधिक ३५ रन बनाए भने फरमुल्लाह साफीले ३० र कप्तान गुल्बादीन नैबले २२ रन बनाएका थिए ।
प्रतियोगितामा १२ टोलीको सहभागिता छ । अब नेपालले अर्को खेल भोलि बिहान ६ बजे दक्षिण अफ्रीकासँग खेल्ने तालिका छ ।
प्रकाशित मिति २०८२ कात्तिक २२ गते शुक्रबार ११:०८




