२०८३ असोज २३ गते शुक्रबार

नेपालले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दै

नेपालले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २८ गते बिहीबार ०९:४९

खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले खेलका लागि नेपाली टोली तयार भएको बताएका छन् ।
प्रशिक्षक खड्काले तयारी राम्रो भएको र राम्रो प्रदर्शन गर्ने बताएका हुन् ।

पोखरा ।

नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।

खेल ढाकास्थित ढाका नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।

नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोट खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले खेलका लागि नेपाली टोली तयार भएको बताएका छन् ।

प्रशिक्षक खड्काले तयारी राम्रो भएको र राम्रो प्रदर्शन गर्ने बताएका हुन् ।

खड्काले विपक्षीको बलियो र कमजोर पक्षको विश्लेषण गरिएको बताउँदै हम्जाको उपस्थिति हुँदा बंगलादेशसँग त्यसैअनुरुपको रणनीतिले खेल्ने उल्लेख गरे ।

यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि बंगलादेशसँगको खेल प्रतिस्पर्धात्मक हुने बताउँदै जितका लागि खेल्ने बताए ।

उनले यस खेलबाट मलेसियासँगको एसियन कप छनोट खेललाई मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यसअघि गत भदौमा नेपालमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

दुई खेल हुने तय भएपनि जेनजी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो ।

नेपालले यसपछि नोभेम्बर १८ मा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्दैछ ।

प्रकाशित मिति २०८२ कात्तिक २८ गते बिहीबार ०९:४९
हजुरको प्रतिक्रिया