२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा थपिए ५ सय ५४ मतदाता

म्याग्दीमा थपिए ५ सय ५४ मतदाता

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ कात्तिक २८ गते बिहीबार १०:४५

म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार मृत्यु, बसाईसराई, दोहोरोन नामाबली भएका १६ सय मतदाता घटाएर ८४ हजार ५२० जना कायम भएको छ ।

म्याग्दी ।

जेनजी आन्दोलनपछि बनेको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै म्याग्दीमा बुधबारसम्म ५ सय ५४ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा दैनिक ३० देखि ८० जनासम्म नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

थपिएका मतदातामा पुरूष ३५० र महिला २०४ जना रहेको निर्वाचन अधिकृत बिमल गौतमले बताए ।

नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका धेरै भएपनि बैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत धमाधम आउन थालेको निर्वाचन अधिकृत गौतमको भनाइ छ ।

नयाँ मतदाता नामावली संकलनसँगै हालसम्म २८ मतदाताको क्रुटि सच्चाइएको छ भने ठाँउसारी ४६ जनाको गरिएको छ ।

म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार मृत्यु, बसाईसराई, दोहोरोन नामाबली भएका १६ सय मतदाता घटाएर ८४ हजार ५२० जना कायम भएको छ ।

आगामी कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय, म्याग्दीका सूचना अधिकारी गोविन्द थापाले जानकारी दिए ।

निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थल सिफारिस समेत गरिएको छ ।

प्रकाशित मिति २०८२ कात्तिक २८ गते बिहीबार १०:४५
हजुरको प्रतिक्रिया