२०८३ असोज २३ गते शुक्रबार

एनपीएल : कर्णाली याक्सलाई ४ विकेटले हराउँदै चितवनको विजयी शुरुवात

एनपीएल : कर्णाली याक्सलाई ४ विकेटले हराउँदै चितवनको विजयी शुरुवात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ३ गते मंगलबार ०३:३०

कर्णालीले दिएको १ सय ६७ रनको लक्ष्य चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो ।
चितवनका रवि बोपाराले ५२, दीपक बोहराले ४२, सेफ जेबले ३८ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए ।

पोखरा ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विजयी शुरुवात गरेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो ।

कर्णालीले दिएको १ सय ६७ रनको लक्ष्य चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो ।

चितवनका रवि बोपाराले ५२, दीपक बोहराले ४२, सेफ जेबले ३८ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

कर्णालीका प्रियांक पंचालले ९०, पवन सर्राफले अविजित २७ रन बनाए । चितवनका सोहेल तानभीर, सेफ जेब र रवि बोपाराले १÷१ विकेट लिए ।

आजै दोस्रो खेलमा अहिले दिउँसो ४ बजे विराटनगर किंग्स् र पोखरा एभेन्जर्स खेल्दैछन् ।

एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।

प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

प्रकाशित मिति २०८२ मंसिर ३ गते मंगलबार ०३:३०
हजुरको प्रतिक्रिया