२०८३ साउन २१ गते बिहीबार

नेपाल प्रिमियर लिगमा विराटनगरले पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्गको सानदार जित

नेपाल प्रिमियर लिगमा विराटनगरले पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्गको सानदार जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ३ गते मंगलबार ०८:००

लिगमा दुई सय रन कटाउने पहिलो टोली बन्यो विराटनगर

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा कीर्तिमानी रन बनाएको विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

मंगलबार विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा १६७ रनमा अलआउट भयो ।

ओनपिङ ब्याटर दिनेश खरेल ७ रनमा आउट भए पनि एडम रोसिङटन र कप्तान कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै पोखरालाई लोभलाग्दो सुरुवात दिएका थिए ।

दुईबीच दोस्रो विकेटका लागि ५.२ ओभरमा ७६ रनको साझेदारी भएको थियो बलिङमा विराटनगरका मास्र्याङ डि लाङग, सन्दीप लामिछाने, शुभम रन्जने र प्रतिश जिसीले २–२ विकेट लिए। त्यसअघि विराटनगरले पोखरा एजेभन्जर्सविरूद्ध दुई ब्याटरको अर्धशतकमा ६ विकेटको क्षतिमा कीर्तिमानी २२० रन जोड्यो। यो स्कोर एनपिएलकै सर्वाधिक स्कोर हो।

अघिल्लो सिजन विराटनगरले लुम्बिनी लायन्सविरूद्ध १९२ रनको लक्ष्य पूरा गर्दै जित निकाल्ने क्रममा १९३ रन जोडेको थियो। साथे विराटनगर एनपिएलमा दुई सय रन कटाउने पहिलो टोली बन्यो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ विराटनगरका लागि लोकेश बम र मार्टिन गप्टिलको जोडीले बिस्फोटक ब्याटिङ गरे। प्रतियोगितामा भोलि एक मात्र खेल हुनेछ।

अपरान्ह चार बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। सुदूरले पहिलो खेल खेल्न लागेको हो भने काठमान्डुले उदघाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको थियो।

प्रकाशित मिति २०८२ मंसिर ३ गते मंगलबार ०८:००
हजुरको प्रतिक्रिया