२०८३ असोज २३ गते शुक्रबार

पहिला बलिङ गरेको भए २०औं ओभरसम्मै स्पिनर खेलाउँथेँः सन्दीप लामिछाने

पहिला बलिङ गरेको भए २०औं ओभरसम्मै स्पिनर खेलाउँथेँः सन्दीप लामिछाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ९ गते सोमबार ०५:३२

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि जित निकालेपछि सन्दीपले स्पिनरलाई मद्दत पुग्ने खालको पिच रहेको उल्लेख गर्दै पहिले बलिङ गरेको भए आफूहरूले पनि २०औं ओभरसम्म स्पिनर नै लगाउनसक्ने बताएका हुन् ।

काठमाडौं ।

विराटनगर किंग्सका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले पहिले बलिङ गरेको भए २० ओभर नै स्पिनर लगाउनसक्ने बताएका छन् ।

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि जित निकालेपछि सन्दीपले स्पिनरलाई मद्दत पुग्ने खालको पिच रहेको उल्लेख गर्दै पहिले बलिङ गरेको भए आफूहरूले पनि २०औं ओभरसम्म स्पिनर नै लगाउनसक्ने बताएका हुन् ।

पहिले बलिङ गरेको जनकपुरले १६ औं ओभरसम्म स्पिनर नै लगाएको थियो । त्यस क्रममा जनकपुरले किफायती बलिङ पनि ग¥यो ।

जवाफमा विराटनगरले पनि स्पिनर नै धेरै प्रयोग ग¥यो । सन्दीपले आजको खेलमा फास्ट बलरले राम्रो गरे पनि स्पिनर फेबरेट पिच रहेको उल्लेख गरेका हुन् ।

उनले स्पिनर सूर्य तामाङ र नरेन भट्टले पनि उत्कृष्ट बलिङ गरेको र समग्र बलिङ युनिट राम्रो हुँदा लक्ष्य जोगाउन सफल भएको उनको भनाइ छ ।

ब्याटिङ गर्न कठिन रहेको पिच पनि ब्याटरले राम्रै खेलेको उनी बताउँछन् ।

यही टिमले राम्रो गरिरहेको अवस्थामा फाफ डुप्लेसिसलाई कहाँ प्रयोग गर्ने भन्ने बारे टोली स्पष्ट रहेको सन्दीपको भनाइ छ ।

लगातार दोस्रो हारपछि जनकपुर बोल्ट्सका प्रशिक्षक शिभनारिन चन्द्रपउलले शीर्ष क्रमका ब्याटर असफल हुँदा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिएका छन् ।

१६ ओभरसम्म स्पिनर प्रयोग गर्न पिचको आवश्यक रहेको र त्यसमा सफल पनि भएको उनले उल्लेख गरे ।  तर ब्याटिङ राम्रो गर्न नसकेको प्रशिक्षक चन्द्रपउलले बताए ।

उनले केही क्षेत्रमा आफूहरू असफल भएको उल्लेख गरे । अब आगामी खेलमा ध्यान केन्द्रित गरेर जित निकाल्ने उनी बताउँछन् ।

उनले सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी रहेको र उनमा धेरै क्षमता रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति २०८२ मंसिर ९ गते सोमबार ०५:३२
हजुरको प्रतिक्रिया