२०८३ असोज २३ गते शुक्रबार

पत्रकार र कर्मचारीहरु अबदेखि सामाजिक सुरक्षाको दायरामा

पत्रकार र कर्मचारीहरु अबदेखि सामाजिक सुरक्षाको दायरामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १२ गते बिहीबार ०५:५९

उनले अब देशभरका पत्रकार, सञ्चारकर्मी र सरकारी सञ्चार संस्थाका कर्मचारीहरू सामाजिक सुरक्षाको औपचारिक दायरामा प्रवेश गर्ने बताए । आगामी दिनमा सबै सञ्चारकर्मीलाई प्रणालीगत रूपमा सामाजिक सुरक्षामा समावेश गर्ने विस्तृत कार्ययोजना कार्यान्वयन गरिने उनको भनाइ छ ।

काठमाडौं ।

पत्रकार र कर्मचारीहरु अबदेखि सामाजिक सुरक्षाको दायरामा आउने भएका छन् ।

बिहीबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी यसबारे जानकारी दिइएको हो ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय मातहत रहेका प्रमुख सञ्चार संस्थाहरू गोरखापत्र संस्था, राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रशारण (पीएसपी) अन्तर्गतका रेडियो नेपाल र नेपाल टेलिभिजन, साथै प्रेस काउन्सिल नेपाल र न्युनतम पारिश्रमिक निर्धारण समितिलाई सामाजिक सुरक्षामा जोड्ने काम शुरु भइसकेको जानकारी दिए ।

उनले अब देशभरका पत्रकार, सञ्चारकर्मी र सरकारी सञ्चार संस्थाका कर्मचारीहरू सामाजिक सुरक्षाको औपचारिक दायरामा प्रवेश गर्ने बताए । आगामी दिनमा सबै सञ्चारकर्मीलाई प्रणालीगत रूपमा सामाजिक सुरक्षामा समावेश गर्ने विस्तृत कार्ययोजना कार्यान्वयन गरिने उनको भनाइ छ ।

मन्त्री खरेलले पत्रकारको पेशागत सुरक्षासँगै आर्थिक तथा सामाजिक सुरक्षालाई सरकारका प्राथमिक एजेण्डामध्ये एक बनाइएकाले यो कदम महत्वपूर्ण भएको पनि जिकिर गरे ।

उनले भनिन्,‘आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सञ्चार मन्त्रालयका मातहतका निकायहरु खास गरेर अब गोरखा पत्र संस्था, राष्ट्रिय समाचार समिति, सार्वजनिक सेवा प्रसारण ( पीएसपी) अन्तर्गतको रेडियो नेपाल, नेपाल टेलिभिजन र त्यस्तै गरेर प्रेस काउन्सिल र न्युनतम पारिश्रमिक निर्धारण समिति यी संस्थाहरुमा चाहीँ आजबाट प्रारम्भ हुने गरेर हामीले चाहीँ कामहरुको शुरुवात गरेका छौं र सामाजिक सुरक्षा कोष र यी निकायहरु बिचमा आज समझदारी पत्रमा हस्ताक्षर भएको छ र यी निकायहरु अन्तर्गत रहेका सबै पत्रकारहरु, सञ्चारकर्मीहरु र कर्मचारीहरु अब सामाजिक सुरक्षाको दायरामा आउने कामको प्रारम्भ भएको छ र यो चाहीँ शुरुवात हो र यस पछाडि थप कामहरु अगाडि बढ्दै जानेछ ।’

निजी सञ्चार माध्यमहरुलाई उत्साहित हुँदै सामाजिक सुरक्षाको दायरामा आउनसमेत उनले आह्वान गरेका छन् ।

प्रकाशित मिति २०८२ मंसिर १२ गते बिहीबार ०५:५९
हजुरको प्रतिक्रिया