२०८३ साउन २१ गते बिहीबार

सिम्पसन र मिलिन्दको साझेदारी नै जितको आधार थियोः प्रशिक्षक शाही

सिम्पसन र मिलिन्दको साझेदारी नै जितको आधार थियोः प्रशिक्षक शाही

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १३ गते शुक्रबार ०५:१२

उनले करण राम्रो कप्तान रहेको उल्लेख गरे । साथै उनले ब्याटिङ र बलिङ कुनै पनि क्षेत्रबाट राम्रो गरिरहेको धारणा राखे ।
अब आगामी खेल पनि जितेर लिग तालिकाको शीर्ष स्थानमा पुग्ने प्रयास गर्ने आशा व्यक्त गरेका छन् । उनले सिम्पसनको विकेट महत्वपूर्ण रहेको औंल्याए ।

काठमाडौं ।

काठमाण्डु गोखार्जका प्रशिक्षक वसन्त शाहीले मिलिन्द कुमार र जोन सिम्पसनको साझेदारी नै चितवन राइनोजसँगको जितको माध्यम बनेको बताएका छन् ।

जितपछि पत्रकार सम्मेलनमा राम्रो शुरुवात नभएको अवस्थामा सिम्पसन र मिलिन्दको साझेदारी नै जितको आधार रहेको बताएका हुन् ।

उनले दिनको म्याचमा स्पिनरलाई खेल्न सहज नहुने र १४० भन्दा माथिको रन बनाउँदा चेज गर्न गाह्रो हुन्छ भन्ने सोचेको उल्लेख गरे ।

अन्तिम २÷३ ओभरमा ४÷५ विकेट जानु चिन्ताको विषय रहेको उनी बताउँछन् । तर, आगामी खेलमा त्यस कुरामा सुधार गर्ने उनको आशा छ । एक सय ४० रनको लक्ष्य जोगाउँछौं भन्ने आत्मविश्वास रहेको उनी बताउँछन् ।

उनले करण राम्रो कप्तान रहेको उल्लेख गरे । साथै उनले ब्याटिङ र बलिङ कुनै पनि क्षेत्रबाट राम्रो गरिरहेको धारणा राखे ।

अब आगामी खेल पनि जितेर लिग तालिकाको शीर्ष स्थानमा पुग्ने प्रयास गर्ने आशा व्यक्त गरेका छन् । उनले सिम्पसनको विकेट महत्वपूर्ण रहेको औंल्याए ।

चितवनका देव खनालले बलिङमा राम्रो गरे पनि ब्याटिङमा चुक्दा हार बेहोरेको बताए ।

हरेक दिन रबि बोपारामा नै भर पर्न नहुने र घरेलु ब्याटरले पनि राम्रो गर्नुपर्ने उनले धारणा राखेको छ । सधैं रबिले नै म्याच जिताउन नसक्ने र कहिलेकाहिँ नेपाली खेलाडीले पनि राम्रो गर्नुपर्ने उनी बताउँछन् ।

सिम्पसन र मिलिन्दले जस्तै चितवनको पनि त्यस्तै आवश्यक आवश्यक रहे पनि असफल भएको उनले बताए । बिस्तारै विकेट स्लो हुँदा गएको उल्लेख गरे ।

उनले आफू र कुशल मल्लले राम्रो गर्नुपर्ने जिम्मेवारी रहेको बताउँछन् । तर त्यसअनुरूप खेल्न नसकेको उल्लेख गरे । सधैं विदेशीसँगै नेपाली खेलाडीले पनि चल्नुपर्ने उनी बताउँछन् ।

उनले आफुँसँग भएको क्षमताअनुरूप खेल्न पनि नसकेको उल्लेख गरे । टोलीले साझेदारी बनाउन नसक्नु कमजोर पक्ष रहेको औंल्याएका छन् ।

प्रकाशित मिति २०८२ मंसिर १३ गते शुक्रबार ०५:१२
हजुरको प्रतिक्रिया