काठमाडौं ।
चलचित्र परानले यतिबेला घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरीरहेको छ । परानमा धर्मनाथ नीर शाहका कान्छा छोराको रुपमा अभिनय गरेका गोपीनाथ अर्थात महेश त्रिपाठी विचका संवादहरुले चलचित्र घरहरुमा आउने दर्शकहरुका आँखा रसाएका छन् ।
चलचित्र हेरेर बाहिर निस्केका अधिकांश दर्शकहरुमा परानका परान बनेका महेश अहिले सबैतिर चर्चामा छन् । फरक फरक पात्रमा बाँच्ने महेशलाई परान चलचित्रले जीवनकै ठुलो सफलता दिलाएको छ । हल्कारामा हुलाकीको पात्रमा हँुदा अमेरीकाको पुरानो प्रतिष्ठीत अन्तराष्ट्रिय फिल्म फेष्टिबलमा उत्कृष्ठ अभिनेताको अवार्ड प्राप्त गरेका महेश बक्सअफिसको स्वाद भने चाख्न पाएका थिएनन्।
अघिल्लो वर्ष प्रर्दर्शन भएका लाज शरणम् र फेरी रेशम फिलिलीमा कर्णालीको सन्देश र समलिङ्गिको पात्रमा देखाएका उनकाको अभिनय क्षमताको निकै तारिफ भयतापनि व्यवसायिक सफलता पाउन सकिरहेको थियन् ।
कार्तिक १४ गतेबाट प्रर्दशनमा आएको परानमा नीर शाह र उनका संवादले चलचित्रलाई जुरुक्क बोकेको छ र प्रत्येक दर्शकको मानस पटलमा यसरी बसेका छन् की हरेक दर्शकले आफुमा महेशलाई महशुस गर्छन् ।
कास्कीकोटमा रोवट बनाउदै हुर्कीएका महेश इन्जीनिएर सकेर फिल्म पढ्न काठमाण्डौ हानीएका थिए । महेशले अभिनय गरेका चलचित्रहरुमा दर्शकहरुले फरक फरक स्वादको अनुभुति गरेका छन् । खजुरे व्रो देखी चपली हाइट, प्रसाद २ मा उनका संवाद र अभिनयले दर्शकलाई छुटै जोनमा लगी दिन्छ ।
परानमा नबोलेरै मनका कुरा बुझ्ने भएर त बा भएका होलान् भन्ने दृश्यमा धेरैको मन स्थिर बनाइदिँन्छ् । परानमा उनले निर शाहसँग गरेको अभिनयले उनलाई आम दर्शकसम्म पु¥याएको छ अहिले महेश कलाकारिता क्षेत्रका व्यस्थ कलाकार हुन् ।
छत्तिसको आकँडा, ककाकीकीको सुटिङमा व्यस्त छन् भने सफल चलचित्र झिङ्गे दाउको सिक्बयलमा समेत उनी प्रमुख पात्रको रुपमा अनुबन्धित भएका छन् ।
प्रकाशित मिति २०८२ मंसिर १५ गते आइतबार ०७:३०




