२०८३ साउन २१ गते बिहीबार

अनसनरत डा. गोविन्द केसीको पक्षमा पोखरामा आन्दोलन

अनसनरत डा. गोविन्द केसीको पक्षमा पोखरामा आन्दोलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ५ गते सोमबार ०२:४३

पोखरा । विभिन्न मागहरु सहित जुम्लामा १९ औं पटकको अनसन बसिरहेका गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै पोखरामा पनि आन्दोलन सुरु भएको छ । केसीले यसअघि १५ औ अनसनदेखि भएका सम्झौताहरु कार्यान्वयनको माग गर्दै जुम्लामा १९ औं पटक अनसन...

पोखरा । विभिन्न मागहरु सहित जुम्लामा १९ औं पटकको अनसन बसिरहेका गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै पोखरामा पनि आन्दोलन सुरु भएको छ ।

केसीले यसअघि १५ औ अनसनदेखि भएका सम्झौताहरु कार्यान्वयनको माग गर्दै जुम्लामा १९ औं पटक अनसन थालनी गरेको एक साता पुरा भइसकेको छ ।

केसीको मागहरुलाई समर्थन जनाउँदै पोखराका ३ संस्था सोलिडारिटी फर गोविन्द केसी सार्वजानिक बौद्धिक मञ्च पोखरा र जागौ पोखरा अभियानले संयुक्त रुपमा आन्दोलनको थालनी गरेका हुन । सोलिडारिटी फर गोविन्द केसी एलाइन्स पोखराका अभियान्ता सुरेश पहारीले डा. केसीको अनसन जनताको पक्षमा भएकोले उनको पक्षमा जुझारु भएर लाग्ने बताए ।

यो सहित गोविन्द केहिले १८ औं पटक स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार हुनुपर्ने लगायतका मागहरु राख्दै अनसन बसिसकेका छन् ।

यो पटक उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा शीर्घ पूर्वाधार तथा जनशक्ति पु¥याएर पठनपाठन सुरु गर्नुपर्ने, गण्डकी प्रदेश तथा प्रदेश २ वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज स्थापनाका लाथि प्रक्रिया अगाडि बढाउनुपर्ने लगायतका माग राखेका छन् ।

त्यस्तै मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञाको अन्त्य गनुपर्ने, कोभिड १९ तथा अन्य रोगका सबै बिरामीका लागि समेत उपचारको व्यवस्था गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा पवरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने लगायत उनको माग रहेको छ ।

प्रकाशित मिति २०७७ असोज ५ गते सोमबार ०२:४३
हजुरको प्रतिक्रिया