२०८३ असोज २३ गते शुक्रबार

फिसटेल रेस २०२५ः पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकालाई उपाधि

फिसटेल रेस २०२५ः पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकालाई उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २२ गते आइतबार ०७:३९

ग्रीसकी भासो थियाकोडिभित्री द्धितिय, ब्राजितकी आना रामोस तृतिय, डेनमार्ककी इसाबेला मोलर लाउर्सेन र जोसेफिन मोलगार्ड शान्त्वना भए ।

पोखरा ।

पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर) पुरुष तर्फ नेपाल र महिलातर्फ अमेरिकी नागरिकले उपाधि जितेका छन् ।

‘हिमाल मुनी तालको छेउमा’ भन्ने नाराका साथ आयोजना गरिएको छैटौँ संस्करणको म्याराथनमा पुरुषतर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता बनेका हुन् । यस्तै महिला तर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता बनिन् । पुरुष तर्फ नेपालका मिलन कुलुङ द्धितिय (नेपाल), नेपालका लोकेन्द्र राइ तृतिय, नेपालका विजय रानामगर र बेलायतका फिन नर्वुड शान्त्वना भए ।

महिलातर्फ अनिता राई द्धितिय (नेपाल), सोफी मेरी स्टेनजेर (नर्बे) तृतिय, स्याली मोल्ड्स (बेलायत) र समान्था बेकर (बेलायत) शान्त्वना भए । पोखरा १७ डेभिस फलबाट सुरु भएको म्याराथन विश्व शान्ति स्तुपा, भुम्दी, ठुलाखेत हुँदै कास्कीकोटबाट मेथलाङ् हुँदै खहरेमा पुगेर समाप्त भएको थियो । २१ किलोमिटर हाफ म्याराथनमा पुरुषतर्फ नेपालका विशाल राई प्रथम भए । उनले २ घण्टा ११ मिनेट १० सेकेण्डमा उक्त दुरी पार गरे ।

नेपालका ऋतुराग रोकाय द्धितिय, अष्ट्रेलियाका ओलिभर रैली तृतिय, नेपालका हरेन्द्रकुमार चौधरी र अमेरिकाका क्लेटन ग्यारो शान्त्वना भए । २१ किलोमिटर हाफ म्याराथनमा महिलातर्फ अष्ट्रेलियाकी लरेन बर्नहम प्रथम भइन् । उनले उक्त दुरी २ घण्टा ४३ मिनेट ३७ सेकेण्डमा पार गरिन् । यस्तै न्युजिल्याण्डकी फ्लोरेन्स रेनोल्ड्स द्धितिय, नेपालकी नितु तामाङ तृतिय, डेनमार्क की फ्रेया थोरुप र ब्राजितकी मारिलिया बोर्जेस शान्त्वना भए ।

त्यस्तै पुरुषतर्फको ५ किलोमिटर दौडमा पाचै जना नेपाली धावकले अग्रता कायम गरे । नेपालका विष्णु लिम्बु प्रथम भए । उनले ३२ मिनेट ४३ सेकेण्डमा ५ किलोमिटर दुरी पार गरे ।

यस्तै अनुप गुरुङ द्धितिय, श्रीजना मोक्तान तामाङ तृतिय, नव्या राइ र समरि गुरुङ शान्त्वना भए । महिलातर्फको ५ किलोमिटर दौडमा जर्मनी धावक ग्रेता होफम्यान प्रथम भइन् । उनले ४७ मिनेट ४६ सकेण्डमा उक्त दुरी पार गरीन् ।

ग्रीसकी भासो थियाकोडिभित्री द्धितिय, ब्राजितकी आना रामोस तृतिय, डेनमार्ककी इसाबेला मोलर लाउर्सेन र जोसेफिन मोलगार्ड शान्त्वना भए ।

फिसटेल रेसका परिकल्पनाकार जगन्ना तिमिल्सिनाले पोखरामा रहेका विश्वकै उतकृष्ट ट्रेलहरुको अनुभव बाड्न र पोखरालाई विश्वसामु चिनाउन प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । तिमिल्सिना सन् २०१७ मा कठिन ‘ग्रेन हिमाल रेस’ जितेका थिए । प्रतियोगितामा २७ देशका धावकले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति २०८२ मंसिर २२ गते आइतबार ०७:३९
हजुरको प्रतिक्रिया