२०८३ साउन २१ गते बिहीबार

साफ यु–१९ महिला च्याम्पियनसिप माघ १५ गतेदेखि पोखरामा हुने

साफ यु–१९ महिला च्याम्पियनसिप माघ १५ गतेदेखि पोखरामा हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २४ गते मंगलबार ०५:१४

एन्फाले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागेको राईले बताए ।

पोखरा

साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल पहिलोपटक पोखरामा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले च्याम्पियनसिप आगामी माघ १५ ९जनवरी २९० देखि पोखरामा हुन लागेको जानकारी दिए ।

सोहि प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ साफका महासचिव पुरुषोत्तम कट्टेल र एन्फा महासचिव राईसहितको टोलीले मंगलबार पोखरा रंगशालाको अवलोकन गरेका थिए ।

अवलोकनपछि च्याम्पियनसिप माघ १५ गतेदेखि गर्ने निर्णयमा पुगेको एन्फा महासचिव राईले जानकारी दिए । एन्फाले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागेको राईले बताए ।

प्रकाशित मिति २०८२ मंसिर २४ गते मंगलबार ०५:१४
हजुरको प्रतिक्रिया