२०८३ साउन २१ गते बिहीबार

घान्द्रुकमा छायाँकन भएको चलचित्र सैंर्बे म्रुको गीत ‘मुर्बै लयँ सारा’ सार्वजनिक

घान्द्रुकमा छायाँकन भएको चलचित्र सैंर्बे म्रुको गीत ‘मुर्बै लयँ सारा’ सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ३० गते सोमबार ०५:३३

चलचित्रमा काम गर्ने सबै अब्बल र अनुभवी भएकाले फिल्म सबैलाई मनपर्ने खालको बन्ने उनको अपेक्षा छ ।

पोखरा ।

घान्द्रुकमा छायाँकन भएको चलचित्र सैंर्बे म्रुको गीत ‘मुर्बै लयँ सारा’ सार्वजनिक गरिएको छ ।

ब्रेज मेस्रो फिल्म प्रोडक्सन, घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेसन, घान्द्रुकले निर्माण गरेको गुरुङ चलचित्र सैंर्बे म्रुमा समावेश उक्त गीत धनबहादुर गुरुङ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायक धनबहादुर गुरुङ र गायिका ज्योति गुरुङ स्वर छ । उनीहरुलाई उषा, प्रिया, निशा र विजय गुरुङले साथ दिएका छन् । गीतको शब्द र संगीत गायक धनबहादुर गुरुङले भरेका हुन् ।

घान्द्रुक गाउँमा छायाँकन गरिएको गीतको म्युजिक भिडिघान्द्रुकमा छायाँकन भएको चलचित्र सैंर्बे म्रुको गीत ‘मुर्बै लयँ सारा’ सार्वजनिकयोमा कलाकारहरु अमृत गुरुङ, लक्ष्मी गुरुङ, सुरज तमु र प्रिती गुरुङको अभिनय रहेको छ ।

साजन गुरुङको नृत्य निर्देशन रहेको भिडियो निकोलस गुरुङले कैद गरेका हुन् । भिडियो सार्वजनिक कार्यक्रममा कलाकार माओत्से गुरुङले चलचित्रमार्फत घान्द्रुकको सौन्दर्य, कला, संस्कार, संस्कृतिलाई विश्वमाझ परिचित बनाउने विश्वास व्यक्त गरे । चलचित्रमा काम गर्ने सबै अब्बल र अनुभवी भएकाले फिल्म सबैलाई मनपर्ने खालको बन्ने उनको अपेक्षा छ ।

चलचित्रका निर्देशक सोम गुरुङले चलचित्र गाउँले परिवेशमा घान्द्रुकको रहनसहनमा आधारित रहेको बताए । आँसु, हासो र रोदनको मिश्रण रहेको चलचित्रमा घान्द्रुक गाउँको आत्मियता मिसिएको उनको भनाइ छ ।

कार्यक्रममा गीतका सर्जक धनबहादुर गुरुङ, नायिका लक्ष्मी गुरुङ, नृत्य निर्देशक साजन गुरुङलगायतले आफ्नो समुदायको प्रतिनिधित्व गर्ने चलचित्र र यसमा समेटिएको गीतलाई माया गरी हौसला प्रदान गर्न आग्रह गरेका थिए ।

चलचित्रका निर्माता तथा कलाकार अमृत गुरुङले चलचित्रको छायाँकनको काम सकेर इडिटिङको क्रममा रहेका जानकारी दिए । ल्होछार लगत्तै सैंर्बे म्रु प्रदर्शनका लागि तयार हुने उनले बताए ।

प्रकाशित मिति २०८२ मंसिर ३० गते सोमबार ०५:३३

हजुरको प्रतिक्रिया