२०८३ असोज २३ गते शुक्रबार

बालेन र कुलमानसंग एकताको लागि छलफल भइरहेको छ : रास्वपा नेता शिशिर खनाल

बालेन र कुलमानसंग एकताको लागि छलफल भइरहेको छ : रास्वपा नेता शिशिर खनाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ५ गते शनिबार ०३:३०

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय सदस्य शिशिर खनालले नयाँ राजनीतिक दलहरुसंग एकताको लागि छलफल भइरहेको बताएका छन् । रास्वपा गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले...

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय सदस्य शिशिर खनालले नयाँ राजनीतिक दलहरुसंग एकताको लागि छलफल भइरहेको बताएका छन् ।

रास्वपा गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले विभिन्न दल र समूहसंग एकता र सहकार्यका लागि छलफल भइरहेको बताएका हुन् ।

काठमाडौँ महानगरपालिढकाका मेयर बालेन्द्र साह (बालेन) र कुलमान घिसिङको परिकल्पनामा स्थापना भएको उज्यालो नेपाललगायतका पार्टीसंग एकताको छलफल भइरहेको खनालको भनाई थियो ।

विचार मिल्ने दल र व्यक्तीसंग एकता गर्न रास्वपाले गठन गरेको उच्चस्तरीय वार्ता समितिका उपसंयोजक समेत रहेका खनालले पार्टी सभापति रवि लामिछाने जेलवाहिर आइसकेकाले एकिकरणको लागि थप सहजिकरण हुने बताए ।

विचार मिल्नेहरुलाई एकता मार्फत रास्वपाको छातामुनी ल्याउने, नभए चुनावी एलायन्सको लागि प्रयास गर्ने उनको भनाई छ ।

फागुन २१ का लागि तोकिएको निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको खनालले बताए । अबको निर्वाचनबाट रास्वपा सबैभन्दा ठुलो दल भएर आउने उनको दावी थियो ।

प्रकाशित मिति २०८२ पुस ५ गते शनिबार ०३:३०
हजुरको प्रतिक्रिया