लेखनाथ ।
भारतीय सेनामा कार्यरत तृतिय बाहिनी प्रथम गोर्खा राईफल सैनिक परिवार पोखराले आइतबार विविध कार्यक्रम गरि आफनो ६६औं स्थापना दिवस मनाएको छ ।
सन १९५९ को डिसेम्वर २१ मा अर्फिकाको कंगोमा भारतीय सेनाको तर्फबाट तृतिय बाहिनी प्रथम गोर्खा राईफलले विजय प्राप्त गरेका दिनलाई नै स्थापना दिवसका रुपमा मनाउने क्रमलाई निरन्तरता दिँदै गण्डकी प्रदेश भित्र रहेका भारतीय भुपु सेनाहरुले यस पर्वलाई उत्साहका रुपमा मनाउँदै आएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै क्याप्टेन रन बहादुर गुरुङले सेनामा रहँदा अनुशासन र आफनो काम प्रति निश्ठावन हुन सकेकै कारण नेपालीहरुले अन्तराष्ट्रिय रुपमा ख्याती कमाएको वताएका थिए ।
सोही अवसरमा कर्नेल राम शिह क्षेत्रीले नेपाली पुर्खाले देखाएको बहादुरी र ईमान्दारीता कै कारण नेपालीहरुलाई विर गोर्खालीका रुपमा चिनीदै आएको धारणा राखेका थिए ।
तृतिय बाहिनी प्रथम गोर्खा राईफल सैनिक परिवार पोखराका अध्यक्ष क्याटेन गणेश प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्याप्टेन नौन शिह गुरुङ फाएप जि आरका क्याप्टेन ८७ वर्षिय हित मान गुरुङ, फस्ट जि आरका क्याप्टेन रित बहादुर गुरुङ, फोर्त जि आरका रामप्रसाद गुरुङ लगाएतले भारतीय सेनामा हुदा देखाएको बहादुरीताको चर्चा गरेका थिए ।
तृतिय बाहिनी प्रथम गोर्खा राईफल पोखरा सचिव सुवेदार मेजर टेक बहादुर गुरुङले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुवेदार मेजर हनरी क्याप्टने रुकुम बहादुर रानाले गरेका थिए भने कार्यक्रमको उदेश्य र उपयोगिताबारेमा सह सचिव गम बहादुर गुरुङले जनाकारी दिएका थिए ।
विविध सास्कृति कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा ८० वर्ष माथीका भुपुहरु र संस्थाका आजिवन सदस्य भएकाहरुलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति २०८२ पुस ७ गते सोमबार १२:४८




