पोखरा ।
नेपालमा हुने महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले मंगलबार आगामी जनवरीमा हुने ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको हो ।
छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बंगलादेश, आयरल्याण्ड, पिएनजी, नामिबिया र अमेरिका छन् ।
समूह ‘बी’ मा आयोजक नेपालसहित स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बाब्वे र नेदरल्याण्ड्स छन् ।
खेल तालिकाअनुसार पहिलो खेल जनवरी १८ मा हुनेछ । छनोट सुरु हुनुअघि वार्मअप खेल हुनेछन् ।
जनवरी १४ र १६ मा वार्मअप खेल हुने तालिका छ । छनोटको पहिलो दिन ४ खेल हुने तालिका छ ।
टीयु क्रिकेट मैदानमा जिम्बाब्वे र नेदरल्याण्ड्सबिच हुनेछ । सोही समयमा अपर मुलपानी क्रिकेटमा अमेरिका र बंगलादेशबिचको खेल हुनेछ ।
सोही दिन दिउँसो टीयु क्रिकेट मैदानमा आयरल्याण्ड र पिएनजी भिड्नेछन् । सोही समयमा मुलपानीमा थाइल्याण्ड र नेपालबिच खेल हुनेछ ।
दुवै समूहबाट शीर्ष ३ मा रहने टोली सुपर–६ मा प्रवेश गर्नेछन् । सुपर सिक्सका शीर्ष ४ टोलीले सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।





