कोरोना संक्रमण पुष्टि भएर विगत ३७ दिनदेखि धौलागिरी अस्पतालको आईसोलेसनमा रहेका जिल्ला समन्वय समिति बागलुङका सभापति राजेन्द्र ढुंगाना घर फर्केका छन् । आईतबारकाे परीक्षणमा उनको रिपोर्ट नेगेटिभ दखिएपछि थप एक हप्ता हाेम आइसोलेसनमै बस्ने गरी डिस्चार्ज गरिएकाे अस्पतालले बताएको छ ।
एक महिना चितवनमा भेट भएकाे साथीमा काेराेना पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेर काेराेना परिक्षण गराएका राष्ट्रिय जनमाेर्चाका प्रभावशाली नेता ढुंगानामा काेराेना पुष्टी भएकाे थियाे । त्यस यता ढुंगाना धौलागिरी अस्पतालको आईसोलेसनमा रहँदै आएका थिए ।
अस्पतालबाट डिस्चार्ज हुने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त रूपमा बाेल्दै सभापति ढुंगानाले तातोपानी र नियमितभन्दा बढी पौष्टिक खाना खाएर मात्र संक्रमण जित्न सकेकाे बताए ।
उनी हालसम्म अस्पतालमा भर्ना भएका बिरामीहरूमध्ये निकाे हुन सबैभन्दा धेरै समय लागेकाे अस्पताल स्राेतले बतायाे । शुरूका दिनहरूमा ढुंगानालाई खाना नरूचेका कारण निकाे हुन समय लागेकाे बताइएकाे छ । उनकाे परिवारमा भने कसैलाई पनि संक्रमण देखिएकाे छैन ।




