२०८३ असोज २३ गते शुक्रबार

सही तथ्यांकले मात्रै असल नीति निर्माण सकिन्छः अर्थमन्त्री खनाल

सही तथ्यांकले मात्रै असल नीति निर्माण सकिन्छः अर्थमन्त्री खनाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २५ गते शुक्रबार ०३:३८

मानव विकास सूचकाङ्कले प्रशासकीय विकासमा फाइदा पु¥याउने उनले बताए । तथ्यांक संकलनका लागि नेपाल सरकारकै बजेटबाट पूर्ण रुपमा तथ्यांक कार्यालयले मागेबमोमिको बजेट विनियोजन हुने पनि उनले विश्वास व्यक्त गरे ।

पोखरा ।

अर्थमन्त्री रामेश्वर खनालले सही तथ्यांकले नै असल नीति निर्माण सकिने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले केही समयभित्रै स्थानीय तहमा मानव विकास सूचकाङ्क प्रतिवेदन तयार पार्ने बताए । त्यसले नीति निर्माणलाई वैज्ञानिक र समयसान्दर्भिक बनाउने उनको विश्वास छ ।

मानव विकास सूचकाङ्कले प्रशासकीय विकासमा फाइदा पु¥याउने उनले बताए । तथ्यांक संकलनका लागि नेपाल सरकारकै बजेटबाट पूर्ण रुपमा तथ्यांक कार्यालयले मागेबमोमिको बजेट विनियोजन हुने पनि उनले विश्वास व्यक्त गरे ।

औद्योगिक विकासका लागि नीति निर्माण गर्न पनि तथ्यांकहरुको भुमिका महत्वपूर्ण हुने उनले बताए ।

उनले भने, ‘तथ्यांकहरु भएन भने हामी असल नीति निर्माण गर्न सक्दैनौँ । केही समय पछि एचडिआई निकाल्दैछौँ । गाउँपालिका, नगरपालिका तहमा निकाल्न सक्यो भने वैज्ञानिक हुनसक्छ । प्रशासकीय विकासमा यसले राम्रो गर्छ । ति नीतिहरु निर्माण गर्नको निमित्त फाइदाजनक हुन्छ । यसका लागि राष्ट्रिय तथ्यांक कार्यालयलाई सहयोग गर्न सरकार तयार छ ।’

उनले राष्ट्रिय महत्वका नीति निर्माण गर्न यस किसिमका तथ्यांकहरुको महत्वपूर्ण भुमिका हुने बताए ।  आवश्यक तथ्यांकहरु नेपाल आफैँ आत्मनिर्भर भएर निकाल्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति २०८२ पुस २५ गते शुक्रबार ०३:३८
हजुरको प्रतिक्रिया