२०८३ साउन २१ गते बिहीबार

कोभिड संकटबिच प्रिमियर लिगमा दाबेदार क्लब भिड्दै

कोभिड संकटबिच प्रिमियर लिगमा दाबेदार क्लब भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ४ गते आइतबार ०२:०४

बढ्दो कोभिड संकटका बिच प्रिमियर लिगमा आज तीन खेल हुँदै छन्। जसमा म्यानचेस्टर सिटीले न्युक्यासलको सामना गर्दा चेल्सीले वल्भेस सँग प्रतिस्पर्धा गर्दै छ। त्यस्तै टोटेनह्यामले लिभरपुल विरुद्ध भिड्दै छ। कोरोनाकै कारण आजकै लागि तय...

बढ्दो कोभिड संकटका बिच प्रिमियर लिगमा आज तीन खेल हुँदै छन्। जसमा म्यानचेस्टर सिटीले न्युक्यासलको सामना गर्दा चेल्सीले वल्भेस सँग प्रतिस्पर्धा गर्दै छ। त्यस्तै टोटेनह्यामले लिभरपुल विरुद्ध भिड्दै छ। कोरोनाकै कारण आजकै लागि तय भएको लेस्टर सिटी र एभर्टनको खेल भने रोकिएको छ। सिटीले साँझ ७:४५ मा न्युक्यासलको मैदानमा प्रतिस्पर्धा गर्दा ७:४५ मानै चेल्सीले वेल्भेसको मैदानमा प्रतिस्पर्धा गर्दै छ। त्यस्तै लिभरपुलले भने टोटनह्यामसँग उसकै मैदानमा राति १०:१५ मा खेल्ने छ।

लिभरपुल विरुद्ध टोटनह्यामको खराब रेकर्ड
टोटनह्यामले पनि लिभरपुल विरुद्धको खेलमा दबाब महसुस गर्ने छ। उसका ६ खेलाडी लिभरपुल विरुद्ध उपस्थित हुन नसक्ने जनाइएको छ। उसले स्टार खेलाडीहरु इमरसन, सन ह्युङ मिन र लुकास मौउरो लिभरपुल विरुद्ध हुने छैनन्।

लिभरपुलले पनि भर्गिल भान डाइक, कर्टिस जोनेस र फाबिनियोलाई गुमाउने छ। उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो। टोटनह्यामले कोरोनाकै कारण पछिल्लो २ हप्ता कुनै खेल खेलेको छैन्। जसले गर्दा उसले अभ्यास भने पर्योप्त गरेको छ। त्यसैले टोटेनह्याम लिभरपुल विरुद्ध कडा चुनौतीका साथमा मैदानमा उत्रने छ। प्रशिक्षक एन्टोनि कोन्टेले पनि लिभरपुल विरद्ध उपलब्ध खेलाडीबाट राम्रो टीम मैदानमा उतार्ने बताए। टोटेनह्यामले लिभरपुल विरुद्ध सबैखाले प्रतियोगितामा गरि पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छेन्। जबकि समग्रमा १९ खेलमा टोटनह्यमले २०१७ मा घरेलु मैदानमा एकमात्र जित निकालेको थियो।

सिटीलाई न्युक्यासलको चुनौती जारी प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी लिभरपुलसँगको अंक दुरी फराकिलो पार्ने ध्याउनमा हुने छ। सिटी राम्रो लयमा रहेकाले न्युक्यासललाई स्वभाविक रुपमा दबाब हुने छ। न्युक्यासलले सिटी विरुद्ध २०१९ को जनवरीमा २-१ ले हराएको थियो। जुन उसको सिटीमाथि २७ खेलपछिको पहिलो जित थियो। दुई वर्षअघि सोहि सफल्ता दोहोर्यारउने लक्ष्यमा न्युक्यासल रहेको छ। तर सिटीले पछिल्ला १३ अवे खेलमा १ मा मात्र पराजय भोगेको छ।

चेल्सीलाई वल्भेसको डर
प्रिमियर लिगमा उपाधि होडमा रहेको चेल्सीका लागि पछिल्ला केहि हप्ताहरु राम्रो चलिरहेको छैन्। अन्य क्लबलाई जस्तै यसलाई पनि कोभिडले विथोलेको छ। चेल्सी आज वल्भेस विरुद्ध मैदान उत्रंदै गर्दा स्वभाविक रुपमा संयमित छ किनकी उसका लागि तीन अंक महत्वपुर्ण रहँदा अर्का तर्फ कोभिडका कारण केहि खेलाडी गुमाउनु परेको पिडामा छ। चेल्सीले रोमेलु लुकाकु, टीमो वार्नर, कालुम हुडसन र बेन चिलवेललाई कोभिडका कारण आज टीममा सहभागि गराउन पाउने छैन्।

अर्को तर्फ वल्भेसका लागि भने यरसोन मोस्क्युएरा, फावियो सिल्भा कोभिड जितेर मैदान फर्किदै छन्। त्यस्तै सस्पेन्सनबाट राहुल जिमिसनपनि टीमा देखिने छन्। अहिलेसम्म वल्भेसले १४ प्रिमियर लिग भिडन्तमा ३ पटक मात्र चेल्सीलाई हराएको छ। यि सबै जित पछिल्ला ५ घरेलु खेलमा प्राप्त भएका हुन्। १९८२ यता वल्भेसले चेल्सी विरुद्ध खेलेका १८ खेलमा केवल २ खेलमा मात्र क्लिन सिट राख्न सकेको छ। त्यस्तै उसले प्रमियर लिगमा चेल्सीसँग ९ खेलमा पराजित भएको छ। जुन लिभरपुलसँग १२ हार पछि सर्वाधिक धेरै हार हो। जारी सिजनमा चेल्सी ३२ अंकका साथ तेस्रो स्थानमा रहँदा वल्भेस २४ अंकका साथ आठौं स्थानमा रहेको छ। त्यसैले यो खेल दुबैका लागि उतिकै महत्वपुर्ण छ।

प्रकाशित मिति २०७८ पुस ४ गते आइतबार ०२:०४
हजुरको प्रतिक्रिया