२०८३ असोज २३ गते शुक्रबार

२० लाख दिएपछि नेता शर्माले भनेः सुपर ८ मा पुगे फेरि २० लाख दिन्छु

२० लाख दिएपछि नेता शर्माले भनेः सुपर ८ मा पुगे फेरि २० लाख दिन्छु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ४ गते शनिबार ०१:२३

उनले क्रिकेट टोलिको परिवारसहितको उपचारको जिम्मा पनि आफूहरुले लिएको पनि जानकारी दिए । दुई वर्षको लागी क्यानसँग खेलाडी र उनीहरुको परिवारको उपचारको काठमाडांै मेडिकल कलेजले सम्झौता गरेको उनको भनाई छ ।

पोखरा ।

नेपाली काँग्रेसका नेता डाक्टर सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टिम पुगेमा नेपाली टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार आयोजना गरेको विश्वकप क्रिकेट खेल्न जाने टोलीको बिदाई कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् । डा. शर्माले क्रिकेटसँग आफू नजिक रहेको पनि बताए ।

उनले क्रिकेट टोलिको परिवारसहितको उपचारको जिम्मा पनि आफूहरुले लिएको पनि जानकारी दिए । दुई वर्षको लागी क्यानसँग खेलाडी र उनीहरुको परिवारको उपचारको काठमाडांै मेडिकल कलेजले सम्झौता गरेको उनको भनाई छ ।

उनले उक्त सम्झौता सकिएपछि फेरि नविकरण गर्ने समेत जानकारी दिए । उनले निजी क्षेत्रलाई समेत समावेश गरि खेलाडीहरुलाई उचित पेन्सन सुविधा उपलब्ध गराउन सरकारसँग माग गरे ।

उनले खेलाडीहरुको व्यवस्थापन गर्न राज्यले समयमा नै ध्यान दिनुपर्ने बताए । खेलाडीहरुले सन्यास लिएपनि आर्थिक अभावमा समस्या भोग्नुपर्ने स्थिति आउन नदिन सबैले ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘सुपर ८ सेभिङमा तपाईहरु पर्नुभयो भने २० लाख रुपैयाँ लिएर तपाईहरुसँग आउनेछौँ । चन्द दाईसँगको व्यक्तिगत कारणले पनि हामी क्रिकेटसँग नजिक भयौँ । तपाईंहरुको उपचारको जिम्मा हामीले लिएको छ, परिवार सहितको । दुई वर्षको सम्झौता हामीले गरेको होला, त्यो कहिले सकिन्छ, भन्नुस् । त्यसलाई हामी फेरि कार्यक्रम राखेर नविकरण गरिदिन्छौँ । राज्यलाई, सरकारलाई पनि म के आह्वान गर्न चाहन्छु भने निजी क्षेत्रहरुलाई पनि समावेश गराउँदै सरकारले खेलाडीहरुलाई पेन्सन उपलब्ध गराउनुपर्छ । अहिले खेल्दा खेल्दै त सुविधा होला, अझ यसलाई थप गर्ने र १० वर्ष खेलीसकेपछि के त ? रिटायरमन्ट । सरकारको जागिरबाट रिटायरमेन्ट हुने चाँही पेन्सन पाउने अनि दुनियाँभरि चिनाउने खेलाडीहरु जो हुनुहुन्छ, पुरुष या महिला । त्यो भाईबहिनीहरु खेलिसकेपछि फेरि अर्कोतिर जानुपर्ने स्थितिको अन्त्य होस् । पेन्सनको व्यवस्था होस् ।’

आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुने खेलाडीहरुलाई विदाई गरिएको हो ।

टोलीलाई क्यानका अध्यक्ष क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति २०८२ माघ ४ गते शनिबार ०१:२३
हजुरको प्रतिक्रिया