पोखरा ।
तनहुँमा प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका एक जनाले फिर्ता लिएका छन् ।
तनहुँ–२ मा उज्यालो नेपाल पार्टीतर्फबाट उम्मेदवार मनराज गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएसंगै उनी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गरेका छन् ।
तनहुँ दुईमा १२ जनाले उम्मेदवारी दिएका थिए । मनराजले फिर्ता लिएसँगै अब ११ जना चुनावी मैदानमा हुनेछन् ।
अब तनहुँ–१ को चुनावी मैदानमा नेपाली कांग्रेसका शंकर भण्डारी, नेकपा एमालेका केदार सिग्देल, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्जिनियर श्रीराम न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा ( एसबी), राष्ट्रिय प्रजातन्त्र पार्टीका यामबहादुर खाँण ठकुरी, मंगोल नेसनल अर्गनाइजेसनका सुष्मा आले, नेसनल रिपब्लिक नेपालका नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, नेकपा ( माओबादी ) का गणेश लामगादे, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर गोतामे र नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले मनोनयन दर्ता गराएका चुनावी माहोलमा होमिएका छन् ।
तनहुँ–१ मा भने कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् । यो क्षेत्रमा १६ जनाले उम्मेदवारी दिएका छन् ।
तनहुँ–१ मा विघटित प्रतिनिधि सभाका सदस्य स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेली भगवती न्यौपाने, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकाल, उज्यालो नेपाल पार्टीका मन्जिल रानाले उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशी स्वतन्त्र उम्मेदवार बनेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशी, हर्क सम्पाङको श्रम संस्कृति पार्टीका काशीराम गुरुङ, नेपाली कम्युनिष्ट पार्टी ९माओवादी० का ओमविक्रम पन्त, आम जनता पार्टीकी चिजामाया अधिकारी, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, नेशनल रिपब्लिक नेपालका सुमन थापाले उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।
प्रकाशित मिति २०८२ माघ १० गते शुक्रबार ०२:२८




