२०८३ असोज २४ गते शनिबार

राष्ट्रिय सभा सदस्य निर्वाचन भोलि, गण्डकीमा तयारी पुरा

राष्ट्रिय सभा सदस्य निर्वाचन भोलि, गण्डकीमा तयारी पुरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ११ गते शनिबार ०३:०९

मतदान केन्द्रमा आवश्यक भौतिक व्यवस्थापनका साथै कर्मचारीको खतनपटन भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा बाट ६ जनाको उम्मेदवारी परेको छ । महिलाबाट ३ र अन्य क्लष्टरमा ३ गरी ६ जनाको उम्मेदवारी परेको हो ।

पोखरा ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा तयारी पुरा भएको छ ।

प्रदेश निर्वाचन कार्यालय पोखराको परिषरमा मतदान केन्द्र तय गरिएको छ । मतदान केन्द्रमा आवश्यक भौतिक व्यवस्थापनका साथै कर्मचारीको खतनपटन भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा बाट ६ जनाको उम्मेदवारी परेको छ । महिलाबाट ३ र अन्य क्लष्टरमा ३ गरी ६ जनाको उम्मेदवारी परेको हो ।

राष्ट्रिय सभामा कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने अन्य दलहरू एकल प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनका तर्फबाट महिलामा सम्झना देवकोटाले उम्मेदवारी दिएकी छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे रुची र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटाको उम्मेदवारी परेको छ ।

अन्य समूहमा गठबन्धनबाट प्रा.डा जगत तिमिल्सिनाको उम्मेदवारी पर्दा नेकपाले कपिल लामा र जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुने भएपछि निर्वाचन हुन लागेको हो ।

गण्डकीमा कांग्रेस र एमाले गठबन्धनले दुवै सिट जित्ने निश्चितजस्तै छ । ५९ प्रदेशसभा सदस्य र १७० स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाता छन् ।

प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ पुगेको छ ।

त्यसमध्ये कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार १ हजार ४३१ हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुखमध्ये कांग्रेसबाट ६६ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार २५२ पुग्छ ।

२२ सांसद रहेको एमालेको प्रदेशसभामा १ हजार १६६ मतभार छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३ सय ३० मतभार हुन्छ ।

दुवै दलको मतभार जोड्दा ५ हजार १८१ पुग्छ । यो मतभार दुई तिहाइ भन्दा बढी हो ।

गण्डकीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरूको मतभार ९४१ मात्रै हुन्छ ।

यस्तै राष्ट्रिय जनमोर्चासँग ७६ मतभार छ । स्थानीय तहमा ४ वटा पद जनमोर्चाले जितेको थियो ।

राप्रपासँग १०६ मतभार छ । प्रदेशसभामा दुई सांसद राप्रपाका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका पनि एक सांसद छन् । उक्त दलको ५३ मतभार हुन्छ ।

प्रकाशित मिति २०८२ माघ ११ गते शनिबार ०३:०९
हजुरको प्रतिक्रिया