२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा मतदान जारी

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा मतदान जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १२ गते आइतबार ०१:१०

पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान जारी छ । बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट दुइ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । प्रदेश...

पोखरा ।

गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान जारी छ । बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट दुइ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराको परिषरमा मतदान चलिरहेको छ । मतदान केन्द्रमा प्र्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको छ । महिलाबाट ३ र अन्य क्लष्टरमा ३ गरी ६ जनाको उम्मेदवारी परेको हो ।

राष्ट्रिय सभामा कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने अन्य दलहरू एकल प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनका तर्फबाट एमालेबाट महिलामा सम्झना देवकोटाले उम्मेदवारी दिएकी छन् । नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे रुची र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा चुनावी मैदानमा छन् । अन्य समूहमा गठबन्धनबाट कांग्रेसको तर्फबाट प्राडा जगत तिमिल्सिनाको उम्मेदवारी पर्दा नेकपाले कपिल लामा र जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको छ ।

खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुने भए पछि निर्वाचन हुन लागेको हो ।

गण्डकीमा कांग्रेस र एमाले गठबन्धनले दुवै सिट जित्ने निश्चित जस्तै छ । ५९ प्रदेशसभा सदस्य र १७० स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाता छन् । प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ पुगेको छ । त्यसमध्ये कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार १ हजार ४३१ हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुखमध्ये कांग्रेसबाट ६६ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार २५२ पुग्छ । २२ सांसद रहेको एमालेको प्रदेशसभामा १ हजार १६६ मतभार छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३३० मतभार हुन्छ । दुवै दलको मतभार जोड्दा ५ हजार १८१ पुग्छ । यो मतभार दुई तिहाइ भन्दा बढी हो ।

गण्डकीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरूको मतभार ९४१ मात्रै हुन्छ । यस्तै राष्ट्रिय जनमोर्चासँग ७६ मतभार छ । स्थानीय तहमा ४ वटा पद जनमोर्चाले जितेको थियो । राप्रपासँग १०६ मतभार छ । प्रदेशसभामा दुई सांसद राप्रपाका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको पनि एक सांसद छन् । उक्त दलको ५३ मतभार हुन्छ ।

प्रकाशित मिति २०८२ माघ १२ गते आइतबार ०१:१०
हजुरको प्रतिक्रिया