पोखरा ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको १८औँ साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले पोखरा उद्योग वाणिज्य संघको एउटा महत्वपुर्ण वस्तुगत समिति अन्तर्गत फेन्सी तथा रेडिमेड व्यवसायी संघ रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेको कार्कीले पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुको हितको लागि विभिन्न कार्यक्रमहरु ल्याइरहेको पनि जानकारी दिए ।
अध्यक्ष कार्कीले त्यस्ता मत्वपुर्ण कार्यक्रमहरुमा पनि व्यवसायीहरुले कम महत्व दिने गरेको र सहभागीता पनि कम हुने गरेकोमा समेत दुःख व्यक्त गरे ।
वाणिज्य संघमा फेन्सी व्यवसायी संघका व्यवसायीहरुको राम्रो उपस्थिीती रहेको भन्दै उनले केहि समस्याहरु भएमा आफ्नो उपस्थिीति नभएमा पनि उनीहरुलाई सम्वोधन गरेर पठाउदा हुने समेत बताए ।
कार्यक्रममा पोखरा चेम्बर अफ कर्मशका अध्यक्ष उमराज बास्तोलाले फेन्सी व्यवसायीले विभिन्न रचानात्मक कामहरू गरेको भन्दै संगठनलाई मजवुद बनाउन सके व्यवसायीहरू पनि मजवुद हुने बताए ।
त्यस्तै पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले फेन्सी तथा रेडिमेड व्यवसायी संघमा आफ्नो महत्वपुर्ण समय बिताएको भन्दै संघको आगामी कार्यकालको लागि आफुले अध्यक्षमा उमेदवारी दिन लागेको र सहयोग गर्न सम्पुर्ण व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एकनारायण पनेरू संघका सस्थापक अध्यक्ष कमलनाथ कुवंर फेन्सी तथा रेडिमेड व्यवसायी संघ चितवनका अध्यक्ष राम प्रसाद पौडेल संघका आजिवन सदस्य प्रजन कुमार थापा ईलेक्ट्रीक व्यवसायी एशोसियसनका अध्यक्ष केशव ढकाललगाएतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
सो अवसरमा फेन्सी तथा रेडिमेड व्यवसायी संघमा आवद्ध व्यवसायीका छोराछोरी मध्य उच्च शिक्षामा उत्कृष्ट अंक ल्याउने छोराछोरी तथा पुर्व अध्यक्ष, पुराना व्यवसायीहरुलगाएत आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।





