२०८३ साउन २१ गते बिहीबार

देशमा बढ्दो हत्या–हिंसाप्रति राष्ट्रिय सभामा चिन्ताः दोषीलाई कडा कारबाही गर्न माग

देशमा बढ्दो हत्या–हिंसाप्रति राष्ट्रिय सभामा चिन्ताः दोषीलाई कडा कारबाही गर्न माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १ गते शुक्रबार ०३:१४

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद विसीले २०८२ माघ २८ गते जनकपुरमा २३ वर्षीया अलिता खातुनको सलले घाँटी कसेर हत्या गरिएको घटनाले समाजलाई स्तब्ध बनाएको बताइन् ।

पोखरा ।

राष्ट्रिय सभा सदस्य सुमित्रा विसीले मुलुकका विभिन्न स्थानमा दिनप्रतिदिन हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन् ।

उनले हालै जनकपुर र दैलेखमा भएका बीभत्स हत्याका घटनाहरूको उल्लेख गर्दै दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेकी हुन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद विसीले २०८२ माघ २८ गते जनकपुरमा २३ वर्षीया अलिता खातुनको सलले घाँटी कसेर हत्या गरिएको घटनाले समाजलाई स्तब्ध बनाएको बताइन् ।

त्यसैगरी, दैलेख जिल्लाको दुल्लु क्याम्पस रोडमा कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रकाश खत्रीको उनकै साथीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनाप्रति पनि उनले गम्भीर चासो व्यक्त गरेकी छिन् ।

देशका विभिन्न भागबाट यस्ता दुःखद समाचारहरू निरन्तर आइरहेको भन्दै उनले शान्ति सुरक्षाको अवस्थाप्रति प्रश्न उठाइन् ।

उनले भनिन्, ‘देशका विभिन्न भागहरूमा हत्या–हिंसा बढ्दै गएको समाचारहरू आइरहेका छन्। यही २०८२ माघ २८ गते बुधवार जनकपुरमा २३ वर्षीया अलिता खातुनलाई सलले घाँटी कसेर हत्या गरेको आएको छ । यस्तै गरेर दैलेख जिल्ला दुल्लु क्याम्पस रोड साथीले धारिलो हतियार प्रयोग गरी १० कक्षामा अध्ययनरत प्रकाश खत्रीको हत्या भएको छ । र मृतकहरू प्रति म हार्दिक श्रद्धाञ्जली दिँदै यस्ता हत्याराहरूलाई यथार्थ छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गरी पीडितलाई न्याय दिनका लागि म सरकारसँग माग गर्दछु ।’

सांसद विसीले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ती घटनाहरूको निष्पक्ष र यथार्थ छानबिन गर्न सरकारसँग माग गरेकी छिन् ।

उनले पीडित परिवारलाई न्याय दिलाउन र अपराधीलाई कडाभन्दा कडा सजाय सुनिश्चित गर्न गृह मन्त्रालयको ध्यानाकर्षण समेत गराइन् ।

प्रकाशित मिति २०८२ फागुन १ गते शुक्रबार ०३:१४
हजुरको प्रतिक्रिया