२०८३ साउन २१ गते बिहीबार

आहा! रारा गोल्डकपः आज चर्च ब्वाइज युनाइटेड र जावलाखेल भिड्दै

आहा! रारा गोल्डकपः आज चर्च ब्वाइज युनाइटेड र जावलाखेल भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन ३ गते आइतबार १२:४८

प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । चर्च ब्वाइज क्लब भने आहा राराको यो सिजनमा सिधै क्वाटरफाइनलबाट प्रतिस्पर्धा गर्दैछ ।

पोखरा ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।

उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

चर्च ब्वाइज क्लब भने आहा राराको यो सिजनमा सिधै क्वाटरफाइनलबाट प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबर र थन्डरबोल्ट भारत सोमबार भिड्नेछन् ।

अन्तिम क्वाटरफाइनलमा आभा क्लब उज्वेकिस्तान र फ्रेन्डस् क्लबले मंगलबार प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलबाट आयोजक सहारा क्लब नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेता टोलीलाई १४ लाख १ हजार रुपैयाँ र उपविजेतालाई ७ लाख १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८२ फागुन ३ गते आइतबार १२:४८
हजुरको प्रतिक्रिया