२०८३ कात्तिक १० गते सोमबार

कास्कीको रुपामा सशस्त्र प्रहरीद्वारा मदिरा नियन्त्रण

कास्कीको रुपामा सशस्त्र प्रहरीद्वारा मदिरा नियन्त्रण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २० गते बुधबार १२:४१

पोखरा । कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ७ दाङसिङ मराङमा सशस्त्र प्रहरीले मदिरा नियन्त्रणमा लिएको छ । ग ३ च ६४३२ नम्बरको जिपबाट पसलमा बिक्रिका लागि झार्दै गरेको अवस्थामा ८ कार्टुन कर्णाली स्याउ नामको मदिरा नियन्त्रणमा...

पोखरा ।

कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ७ दाङसिङ मराङमा सशस्त्र प्रहरीले मदिरा नियन्त्रणमा लिएको छ ।

ग ३ च ६४३२ नम्बरको जिपबाट पसलमा बिक्रिका लागि झार्दै गरेको अवस्थामा ८ कार्टुन कर्णाली स्याउ नामको मदिरा नियन्त्रणमा लिएको हो ।

कालिका गण हेडक्वाटर कास्की, मालेपाटन पोखराबाट निर्वाचनका लागि खटिएको टोलीले मदिरा नियन्त्रणमा लिएका हो ।

निर्वाचन आचारसहिंता अनुसार मतदानको सात दिन अघि देखि मदिरा वित्रि वितरण तथा सेवन प्रतिबन्ध गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, मर्यादित, भयरहित वातावरणमा सम्पन्न गर्न आचारसहिंता विपरतका कुनै पनि गतिविधि नगर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

 

 

प्रकाशित मिति २०८२ फागुन २० गते बुधबार १२:४१
हजुरको प्रतिक्रिया