२०८३ असोज २३ गते शुक्रबार

मुस्ताङ भन्सारको कारोबार १२ अर्ब नाध्यो

मुस्ताङ भन्सारको कारोबार १२ अर्ब नाध्यो

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ चैत ११ गते बुधबार १२:३७

चालु आर्थिक बर्ष २०८२÷०८३ भदौ महिनाको ३० गतेदेखि ब्यवसायीक रुपमा सञ्चालनमा आएको भन्सार कार्यालयले यो अवधिमा १२ अर्ब १६ करोड ९८ लाख बराबरको सामान आयात तथा २० करोड ३० लाख ३९ हजार बराबरको निर्यात गरी ५ अर्ब ७१ करोड ९ लाख राजश्व संकलन गरेको हो ।

५ अर्ब ७१ करोडको ९ लाख राजश्व संकलन, २० करोड ३० लाखको निकासी

म्याग्दी ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले ७ महिनामा १२ अर्ब १५ करोडभन्दा बढी मुल्यको बस्तु आयात गरेको छ ।

चालु आर्थिक बर्ष २०८२÷०८३ भदौ महिनाको ३० गतेदेखि ब्यवसायीक रुपमा सञ्चालनमा आएको भन्सार कार्यालयले यो अवधिमा १२ अर्ब १६ करोड ९८ लाख बराबरको सामान आयात तथा २० करोड ३० लाख ३९ हजार बराबरको निर्यात गरी ५ अर्ब ७१ करोड ९ लाख राजश्व संकलन गरेको हो ।

चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ (कोरला)बाट नियमित विद्युतीय सवारीसाधनसहित अन्य सामान बोकेका कन्टेनरहरूबाट उक्त राजश्व उठाउन सफल भएको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए ।

आयात हुनेमा विद्युतीय सवारीसाधन, घरायसी सामान, कस्मेटिक, विद्युतीय उपकरण सहित कपडा, जुत्ता लगायत रहेका छन् भने नेपालबाट निर्यातमा हस्तकला साम्रागी, कपडा लगायतका सामान रहेको छ ।

हालसम्म कोरला नाकाबाट २३ सय ४७ विद्युतीय सवारीसाधन प्रवेश गरेका छन् । रसुवा र तातोपानी नाका खुलेपछि चिनियाँ सवारीसाधन कोरला नाकाबाट कम हुदै गएको छ ।

चिनियाँ भन्सारबाट आएका सामानहरूको जाँचपास सहज भएपनि पुस, माघ र फागुन महिनामा सडकमा जमेको हिउँ, निर्वाचनका कारण समेत निकासी, पैठारीमा असर गरेपनि चैत्रदेखि असार महिनासम्म सहज हुने मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याएर जाँचपासपछि १ सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड हुदै पोखरा लैजाने गरिन्छ ।

जाडो घटेपछि कोरला नाकामा ब्यापार गर्न तथा सामान ढुवानीका कारण कोरला नाकामा मजदुर, चालक र स्थानीय ब्यापारीको समेत चहलपहल बढ्न थालेको छ ।

समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको थियो ।

 

प्रकाशित मिति २०८२ चैत ११ गते बुधबार १२:३७
हजुरको प्रतिक्रिया