२०८३ असोज २४ गते शनिबार

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा प्रदर्शन

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १५ गते आइतबार ०१:३६

अध्यक्ष ओली र लेखकलाई सरकारले जेन–जी आन्दोलन छानविन गर्न गठित आयोगको प्रतिवेदनको आधारमा शनिबार पक्राउ गरेको थियो । पक्राउपछि शनिबार पनि एमालेले देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो ।
योसंगै एमालेले आज कास्कीसहित देशभरका जिल्ला प्रशासन कार्यलयबाट सरकारलाई विरोधपत्र समेत बुझाएको छ ।

पोखरा ।

नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा प्रदर्शन गरेको छ ।

एमालेका जनवर्गीय संघसंगठले आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका हुन् ।

यता कास्कीमा पनि नेकपा एमाले जिल्ला कमिटि कास्कीले पार्टी अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकको गिरफ्तारी प्रतिशोधपुर्ण, पुर्वाग्राही एवं गैरकानुनी भएको भन्दै विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरुले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

उनीहरुले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको राजिनामा माग गर्दै अध्यक्ष ओलीलाई बिना शर्त रिहा गर्न माग गरेका छन् ।

अध्यक्ष ओली र लेखकलाई सरकारले जेन–जी आन्दोलन छानविन गर्न गठित आयोगको प्रतिवेदनको आधारमा शनिबार पक्राउ गरेको थियो । पक्राउपछि शनिबार पनि एमालेले देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो ।

योसंगै एमालेले आज कास्कीसहित देशभरका जिल्ला प्रशासन कार्यलयबाट सरकारलाई विरोधपत्र समेत बुझाएको छ ।

अध्यक्ष ओली पक्राउ परेसँगै एमालेले कानूनी र राजनीतिक दुवै संघर्ष गर्ने निर्णय गरी सोहीअनुसार आन्दोलन अगाडी बढाएको हो ।

एमालेको प्रदर्शनका कारण काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । माईतीघर आसपासका क्षेत्रका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति २०८२ चैत १५ गते आइतबार ०१:३६
हजुरको प्रतिक्रिया