२०८३ असोज २४ गते शनिबार

पर्यटक भित्राउन पसगाउँमा चैत २५ र २६ गते महोत्सव

पर्यटक भित्राउन पसगाउँमा चैत २५ र २६ गते महोत्सव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १७ गते मंगलबार ११:४५

पोखरा । लमजुङको पर्यटकीय गाउँ पसगाउँमा १६ औं संस्करणको महोत्सव हुने भएको छ । क्होलासोथर गाउँपालिका ६ पसगाउँमा पर्यटक भित्राउने लक्ष्यसहित महोत्सव आयोजना गर्ने लागेको पोखरामा आयोजित पत्रकारसम्मेलनमार्फत जानकारी दिइएको हो । सामुदायीक...

पोखरा ।

लमजुङको पर्यटकीय गाउँ पसगाउँमा १६ औं संस्करणको महोत्सव हुने भएको छ । क्होलासोथर गाउँपालिका ६ पसगाउँमा पर्यटक भित्राउने लक्ष्यसहित महोत्सव आयोजना गर्ने लागेको पोखरामा आयोजित पत्रकारसम्मेलनमार्फत जानकारी दिइएको हो ।

सामुदायीक होमस्टेको आयोजनामा उक्त महोत्सव यही चैत २५ र २६ गते आयोजना हुने क्होलासोथर गाउँपालिकाका प्रमुखसमेत रहेका पसगाउँ सामुदायीक होमस्टेका अध्यक्ष सूर्यप्रसाद गुरुङले जानकारी दिए ।

उनका अनुसार २ दिन चल्ने सो महोत्सवमा स्थानीय कला, संस्कृतिको प्रवद्र्धन, तथा स्थानीय उत्पादनको विक्री वितरण हुनेछ ।

यस्तै महोत्सवमा क्होलासोथर गाउँपालिका भित्रका वडास्तरीय सामुहिक नृत्य प्रतियोगितापनि समावेश गरिएको उनले बताए ।

सामूहिक नृत्य प्रतियोगिताको विजेता समूहले नगद रु ५० हजार, उपविजेता हुनेले नगद रु ३० हजार र सान्त्वना हुने समूहले नगद रु २० हजार प्राप्त गर्नेछ ।

सामुदायीक होमस्टेले आयोजना गर्ने सो महोत्सवमार्फत पर्यटक गाउँ भित्रिने आयोजकको अपेक्षा छ । उक्त गाउँमा २०६० देखि होमस्टे सुरु भएपनि विधिवत २०७५ सालमा मात्रै दर्ता भएको थियो ।

करिब १ सय ७५ बढी घरधुरी रहेको सो गाउँमा हाल २२ घरमा मात्रै सामुदायीक रुपमा होमस्टे सञ्चालनमा रहेको छ ।

करिब १ सय जना पाहुनाको क्षमता भएको सो होमस्टेमा १ हजार २ सयको प्याकेजको व्यवस्था रहेको जनाइएको छ ।

प्रकाशित मिति २०८२ चैत १७ गते मंगलबार ११:४५
हजुरको प्रतिक्रिया