२०८३ साउन २१ गते बिहीबार

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशाले दिइन् साइबर ब्युरोमा उजुरी

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशाले दिइन् साइबर ब्युरोमा उजुरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १८ गते बुधबार ०२:१९

पोखरा । नेकपा (एमाले) समर्थक जेन—जी अमिशा पराजुली सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरुविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति...

पोखरा ।

नेकपा (एमाले) समर्थक जेन—जी अमिशा पराजुली सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरुविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि अमानवीय तवरले गालीगलौज तथा बलात्कारको धम्की समेत आएपछि उनले साइबर ब्यूरोमा उजुरी दिएकी हुन् ।

आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिनै सबैमाथि एकमुष्ट उजुरी दिएको उनले बताइन् ।

उनले भनिन्, ‘मेलै बोलेको भिडियोको दुरुपयोग गर्ने तथा सामाजिक सञ्जालको कमेन्ट बक्समा गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिने सबैविरुद्ध साइबर ब्युरोमा उजुरी हालेका छौँ । यो अवस्थामा मेरो परिवारले मलाई सहयोग नै गरेको छ । मैले केही गलत नगरेको तथा नबोलेको विषयमा परिवारका सबै सदस्यलाई थाहा नै छ । सोही कारण परिवारबाट सहयोग छ ।’

अमिशाले ओलीको पक्राउलाई असंवैधानिक भन्दै अभिव्यक्ति दिएकी थिइन् । त्यसलगत्तै उनीमाथि गालीगलौज तथा साइबर बुलिङ भइरहेको छ ।

प्रकाशित मिति २०८२ चैत १८ गते बुधबार ०२:१९
हजुरको प्रतिक्रिया