२०८३ साउन २१ गते बिहीबार

होटल पौवाको १० औँ वार्षिकोत्सव: ‘मिसन १००’ को लक्ष्य

होटल पौवाको १० औँ वार्षिकोत्सव: ‘मिसन १००’ को लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २४ गते मंगलबार ११:१३

ग्रुपले आफ्नो १०औँ गौरवमय यात्रा पूरा गरेको अवसरमा यही चैत २६, २७ र २८ गते विशेष ‘स्वाद उत्सव’ सञ्चालन गर्दैछ ।

देशभर तीन दिन ‘स्वाद उत्सव’ आयोजना गर्ने

पोखरा ।    स्वदेशी लगानी र नेपाली आतिथ्यतालाई प्राथमिकता दिँदै आएको होटल पौवा ग्रुपले आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरेको छ ।

१० वर्षअघि रुपन्देहीको सालझण्डीबाट सेवा सुरु गरेको यस ग्रुपले वार्षिकोत्सवको अवसरमा देशभरका आफ्ना शाखाहरूमा तीन दिने ‘स्वाद उत्सव’ आयोजना गर्ने भएको हो ।

नेपाली स्वाद र संस्कारलाई विश्वस्तरमा चिनाउने लक्ष्य राखेको होटल पौवा अहिले देशका २० विभिन्न स्थानमा विस्तार भइसकेको छ ।

ग्रुपले आफ्नो १०औँ गौरवमय यात्रा पूरा गरेको अवसरमा यही चैत २६, २७ र २८ गते विशेष ‘स्वाद उत्सव’ सञ्चालन गर्दैछ ।

सो उत्सवमा ग्राहकहरूले नेपाली रैथाने स्वादका साथै विशेष अतिथि सत्कारको अनुभव लिन पाउने होटलका ब्रान्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी  दिए ।

उनका अनुसार नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा अधिकांश शाखामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिसहित ‘शुभकामना साँझ’ आयोजना गर्ने ग्रुपको तयारी छ ।

होटल पौवा ग्रुपले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा महत्वकांक्षी ‘मिसन १००’ कोसमेत घोषणा गरेको छ ।

७ वटा कोठाबाट सुरु भएको होटल पौवाको यात्रा १० वर्षमा आइपुग्दा २० वटा शाखा र १ हजार भन्दा बढी कर्मचारीसम्म विस्तार भएको छ ।

‘मिसन १००’ लक्ष्य केवल संख्यात्मक मात्र नभई व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र नेपाली हस्पिटालिटीलाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने योजना रहेको भण्डारीले बताए ।

२५० भन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको यस ग्रुपले चैत २८ गते भैरहवामा लगानीकर्ता सम्मेलन गरी भावी रणनीतिक योजना तय गर्ने जनाएको छ ।

प्रकाशित मिति २०८२ चैत २४ गते मंगलबार ११:१३
हजुरको प्रतिक्रिया