२०८३ असोज २४ गते शनिबार

गुरुङ समुदायले आज पोखरामा ट्होटेँ पर्व मनाए

गुरुङ समुदायले आज पोखरामा ट्होटेँ पर्व मनाए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २४ गते मंगलबार ०४:२१

बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।

पोखरा ।

चैत महिनाको अन्तिम मंगलबार, गुरुङहरुले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाएका छन् ।

गुरुङ (तमु) जातिले विगतमा आफ्नो ट्हो अर्थात् राज्य सुरक्षाका लागि चैत र साउन महिनाको अन्तिम मंलवारमा ट्होटें पर्व मनाउँछन् ।

कास्की, पर्वत, तनहुँ, स्याङ्जा लगायतका गण्डकी प्रदेशका जिल्ला सहित देशभर छरिएका गुरुङहरुले ट्होटेँ मनाउने गर्छन्।

बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।

ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज ट्होटें शुभकामना र्याली सहित विविध कार्यक्रम ग¥यो ।

पोखरा पुरानो एयरपोर्ट हर्कचोकबाट मौलिक पोशाक, झाँकी, बाजागाजा, साँस्कृतिक प्रस्तुतिसहित तमु धिँ कार्यालय नयाँ बजार पुगेर ट्होटें मूल समारोहमा परिणत भएको तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङले जानकारी दिए ।

उक्त समारोहमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, प्रदर्शन लगायतका कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

तमु धिँ नेपालको पहलमा कस्केली तमुहरुले चैत र साउन महिनाको अन्तिम मंगलवार पोखरामा २०५२ सालदेखि सामुहिकरुमा ट्होटें मनाउदै आएका छन् ।

प्रकाशित मिति २०८२ चैत २४ गते मंगलबार ०४:२१
हजुरको प्रतिक्रिया