२०८३ साउन २१ गते बिहीबार

न्यूरोड क्लबलाई ३५ प्लस भेट्रान्स फुटबलको उपाधि

न्यूरोड क्लबलाई ३५ प्लस भेट्रान्स फुटबलको उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २९ गते आइतबार ०७:५८

गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटनस्थित खेलमैदानमा आइतबार भएको फाइनल खेलमा एनके एफसीमाथी...

गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ ।

पोखरा महानगरपालिका ५ मालेपाटनस्थित खेलमैदानमा आइतबार भएको फाइनल खेलमा एनके एफसीमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै न्यूरोड एफसीले उपाधि जितेको हो । न्यूरोडलाई उपाधि दिलाउन विनोद कुँवरले निर्णायक गोल गरे । उनै कुँवर म्यान अफ द म्याच बने । प्रतियोगिताको उपाधिसँगै न्यूरोड क्लबले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।

यस्तै उपविजेता बनेको एनकेलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक रेमोस गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताबाट न्यूरोड एफसीका नरेश केसी सर्वोत्कृष्ट खेलाडीका रुपमा नगद रु ३ हजारसहित पुरस्कृत भए ।उत्कृष्ट डिफेण्डरका रुपमा एनकेका कन्यासुब्बा गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै राजकुमार घिसिङ, उत्कृष्ट गोलरक्षकका रुपमा न्यूरोडका विशाल नेपाली, सर्वाधिक गोलकर्ताका रुपमा सोही टिमकै विनोद कुँवर जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत भए । यसैगरी उत्कृष्ट प्रशिक्षकका रुपमा न्यूरोडका शम्भु थापा नगद रु २ हजारसहित पुरस्कृत हुँदा अनुशासित टिमका रुपमा पोखरा लायन्स घोषित भयो ।

उनका अनुसार गत २६ गतेदेखि सञ्चालनमा रहेको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ चैत २९ गते आइतबार ०७:५८
हजुरको प्रतिक्रिया