२०८३ साउन २१ गते बिहीबार

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८३ वैशाख २ गते बुधबार ०६:०५

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची स्वीकृत गराएर नागरिकलाई सेवा प्रवाह प्रभावकारी बनाउने काममा राहदानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुलाकमार्फत घरमै पु¥याउने उल्लेख गरेपछि जिल्ला हुलाक कार्यालय म्याग्दीले बुधबारदेखि सेवा सुरू गरेको छ ।

म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरूकोटस्थित बिमिराबोटकी सरस्वती थापा घिमिरेले घरमै जिल्ला हुलाक कार्यालयमार्फत घरमै राहदानी (पासपोर्ट) पाएकी छन् ।

बुधबार प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले घरमै पुगेर सरस्वतीलाई छोराछोरीको समेत गरी चारवटा पासर्पोट उपलब्ध गराएपछि दंग परिन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची स्वीकृत गराएर नागरिकलाई सेवा प्रवाह प्रभावकारी बनाउने काममा राहदानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुलाकमार्फत घरमै पु¥याउने उल्लेख गरेपछि जिल्ला हुलाक कार्यालय म्याग्दीले बुधबारदेखि सेवा सुरू गरेको छ ।

बेनी नगरपालिकाको ज्यामरुककोटबाट सेवाको सुभारम्भ गरेका थिए । बेनी नगरपालिका–२ ज्यामरुककोट, खवरा र वडा नं ६ चुत्रेनीमा ७ वटा राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताए ।

सबै पालिकाका हुलाकमार्फत चिठीजस्तै घरदैलोमै पु¥याउने योजना रहेको छ । जिल्ला हुलाकमा कार्यरत जनशक्तीबाट नेपाल सरकारको निति अनुसार सेवा प्रवाहलाई तिब्रता दिने कार्यालय प्रमुख थापाको भनाई छ ।

हुलाक सेवालाई ‘सरकारी कुरियर’का रूपमा विकास गर्ने गरी आवश्यक स्रोतसाधन समेत थप गर्ने तयारी भइरहेको छ ।

पासर्पोट लिन सदरमुकाम बेनीबजार आउने र जाने आर्थिक र समय बचत भएको सेवाग्राहीको भनाई छ । यो निशुल्क सेवा भएकाले शुल्क लाग्दैन् ।

वडा अध्यक्ष यामबहादुर कार्कीले जनताको घरदैलोमा सेवा दिने सरकारको अभियानलाई वडाका जनप्रतिनिधि सहित जनशक्तीलाई समेत आवश्यकता अनुसार परिचालन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले राहदानी उपलब्ध हुदाँ वित्तिकै हुलाक कार्यालयलाई उपलब्ध गराउने विधि र प्रक्रिया समेत सुरु गरेको छ ।

नेपाल सरकारको सेवा घरदैलोमा आउने विगतका अभियान नारामा मात्रै सिमित थिए भने अहिले घरदैलोमै पुग्न थालेपछि नागरिक समेत उत्साहित छन् ।

प्रकाशित मिति २०८३ वैशाख २ गते बुधबार ०६:०५
हजुरको प्रतिक्रिया